बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इन्जिनियरलाई कुट्ने वडा अध्यक्ष पक्राउ

आइतबार, ०६ जेठ २०७५, २२ : ०६
आइतबार, ०६ जेठ २०७५

रुकुम - रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका एक वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नगरपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गर्ने वडा नं ८ का वडाध्यक्ष मानबहादुर चनारालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । 

नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दले आफूलाई कार्यकक्षमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधसम्बन्धीको उजुरी दर्ता गराएका थिए । चन्दले दर्ता गराएको उजुरीका आधारमा वडाध्यक्ष चनारालाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक ऋषिराज ढुंगानाले जानकारी दिए  । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहीबार कार्यकक्षमा काम गरिरहेको अवस्थामा वडाध्यक्ष चनाराले इन्जिनियर चन्दलाई कुटपिट गरेका थिए । त्यहाँ स्थापना भएको एफएम रेडियो ‘नयाँ नेपाल’को सामग्री खरीद गर्न नगरपालिकाबाट छुट्याएको रु २५ लाख बजेट भुक्तानीमा ढिला गरेको भन्दै कुटपिट गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप