शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दिपले लिए दोश्रो ओभरमा दुई विकेट

आइतबार, ०६ जेठ २०७५, २० : ०१
आइतबार, ०६ जेठ २०७५

नयाँ दिल्ली– आईपीएलमा मुम्बई इन्डियन्सबिरुद्ध ओपनिङ्ग बलिङ्ग गर्न आएका सन्दिप लामिछानेले दोश्रो ओभरमा दुई विकेट लिएका छन् । उनले १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् ।

यसअघि उनले पहिलो ओभरमा ओपनिङ्ग व्याटम्यान सुर्यकुमार यादवलाई चौथो बलमा क्याच आउट गरेका थिए । सन्दिपको पहिलो बलमा चौका ,दोश्रो बलमा छक्का हानेर दबाबमा दिएका यादबले तेस्रो बलमा दुई रन लिएका थिए । तर चौथो बलमा उनी सन्दिपको बलिङ्गमा टिक्न सकेनन् ।  सुर्यकुमार यादवले हानेको बललाई बि. शंकरले क्याच गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप