शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बजाज डोमिनार मोटोग्राफीबाट चालकहरु सगरमाथा बेस क्याम्पतिर

आइतबार, ०६ जेठ २०७५, १९ : २४
आइतबार, ०६ जेठ २०७५

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरुलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनीहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ ।

एचएच बजाजले डोमिनार ४०० का  ११ जनालाई शाहसी चालकहरु छनोट गरेर यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने अवसर प्रदान गरेको जनाएको छ । यो यात्रा आज (२० मे)बाट सुरु भएर ३० मे २०१८ सम्म चल्नेछ । चालकहरुकोलागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 

हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले साहसी एवं निडर ११ जना डोमिनार  चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा खुशी लागेको बताए । उनले डोमिनार बाइकका चालकहरु सँधैं कौतुहलता र साहसिक यात्रासँग जोडिइ रहने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप