बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्राप्त गर्यो राष्ट्र बैंकबाट स्थापनाकालागि सहमति पत्र

आइतबार, ०६ जेठ २०७५, १८ : ५८
आइतबार, ०६ जेठ २०७५

काठमाडौं । नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेडले स्थापनाको लागि सैद्धान्तिक सहमति पत्र प्राप्त गरेको छ । नेपाल सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुप अनुरुप पुर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरे अनुसार आइतबार एक समरोहकाबीच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेड स्थापनाको लागि सैद्धान्तिक सहमति पत्र प्रदान गरेका छन् । डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी र सैद्धान्तिक सहमति एवम् सिफारिश समितिका पदाधिकारीहरु लगायत बैंकमा संचालक समितिकोे समुपस्थितिमा नेपाल राष्ट्र बैंकले सो सहमति पत्र प्रदान गरेको हो । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा नेपाल सरकार लगायत देशका  विभिन्न वाणिज्य बैकहरु, बिमा कम्पनीहरु तथा निजी क्षेत्रको लगानी रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मुख्य उद्देख्य पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण गर्ने रहेको छ । बैंकको स्थापना पश्चात नेपालको ठूला ठूला परियोजनामा लगानी गर्नका लागि पुँजी परिचालन हुने, नेपाल सरकार लगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि परियोजना तर्जुमा, मूल्याङ्कन तथा जोखिम व्यवस्थापन सम्बन्धमा  सर–सल्लाह प्रदान गर्ने जसले आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य बैंकको छ ।

बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ । जसमध्ये संस्थापक समुहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ शेयर पुँजी रहने छ । बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत शेयर रहेको छ । सैद्धान्तिक सहमति प्राप्त भएको मितिले ६ महिना भित्रमा बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार जुटाई वित्तीय कारोबार गर्ने अनुमतिका लागि निवेदन नेपाल राष्ट्र बैंकमा दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप