बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रकवि घिमिरेको जन्म शताब्दी मनाइने

आइतबार, ०६ जेठ २०७५, १८ : ३७
आइतबार, ०६ जेठ २०७५

बेसीशहर– राष्ट्रकवि माधवप्रसाद घिमिरे १ सय वर्ष प्रवेश गर्ने अवसर पारेर उनको जन्म शताब्दी मनाउने तयारी थालिएको छ । उनी सय वर्ष पुग्न बाँकी रहदा उनको जन्म जिल्ला लमजुङमा जन्म शताब्दीबारे जानकारी गराउनुका साथै सुझाव संकलन गरिएको मस्र्याङदी वाङमय प्रतिष्ठानका अध्यक्ष डा.मुुकुन्द पथिकले बताए । जन्म शताब्दी मनाउनेबारे प्रतिष्ठानले तयारी थालेको हो । उनि असोज ७ देखी १ सय वर्ष पुग्नेछन ।  

कार्यक्रममा सहभागिले राष्ट्रकविका नामबाट निर्माण गरिने भौतिक संरचना, शताब्दीका कार्यक्रमलाई पर्यटनसंग जोडेर गर्नुपर्ने सुझाव समेत दिएका छन् । उनको जन्मस्थल अगाडि रहेको हिमाल (हिमालचुली) लाई राष्ट्रकविको नाममा नामाकरण गर्न सरकारलाई आग्रह गरिने पथिकले बताए । हुलाक टिकटमा घिमिरेको फोटो प्रकाशनका लागि माग समेत गरिने छ ।  राष्ट्रकविको गाउँमा संग्रहालय बनाइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले राष्ट्रकविको जन्म शताब्दी र उनलाई जीवन्त राख्न गुरुयोजना निर्माण गर्नुपर्ने बताए । जन्म शताब्दीमा हेलिकप्टरमार्फत उनको जन्मस्थल लमजुङको मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा पुस्तुनमा लगेर उनलाई स्वागत तथा सम्मान गरिनेछ । सम्मान कार्यक्रममा वालन, घाँटु, सोरठी जस्ता सांस्कृतिक कार्यक्रम हुनेछ ।

यस्तै, बेंसीसहरमा अभिनन्दन, काठमाडौंमा रथारोहण, सांस्कृतिक कार्यक्रम, कविता गोष्ठी, विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिनेछ । प्रतिष्ठानका अनुसार राष्ट्रिय कविता महोत्सव आयोजना गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप