मुम्बईसामु दिल्लीको १ सय ७५ रनको लक्ष्य
आइतबार, ०६ जेठ २०७५, १८ : १२
नयाँ दिल्ली । मुम्बई इन्डियन्सका लागि गर या मरको खेलमा दिल्ली डेयर डेभिल्सले १ सय ७५ रनको चुनौति प्रस्तुत गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७४ रन बनायो ।
दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ६४ रनको योगदान दिए । क्रुनाल पाण्डेयाको बलमा आउट हुन अघि उनले ४ छक्का र ४ चौका हिर्काए ।
त्यस्तै, विजय शंकरले ३० बलमा ४३ रनको योगदान दिए । यस क्रममा उनले ३ चौकार र २ छक्का हिर्काए ।
यसअघि, ग्लेन म्याक्सवेलले २२ रन बनाएका थिए ।
मुम्बईका लागि जस्प्रित बुमराह, मयंक मार्केन्डे र क्रुनाल पाण्डेयाले एक–एक विकेट लिए ।