शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामा थोरैमा २० प्रतिशत बजेट छुट्टयाउन शिक्षकहरुको माग

आइतबार, ०६ जेठ २०७५, १७ : ५६
आइतबार, ०६ जेठ २०७५

काठमाडौं– शिक्षकहरुले शिक्षा क्षेत्रमा कम्तिमा पनि २० प्रतिशत बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  नेपाल शिक्षक महासंघले आईतबार काठमाडौंमा सांसदहरुसँग अन्तरक्रिया कार्यक्रम गरी शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेको हो । 

वाम नेतृत्वको सरकारलाई कम्तिमा पनि २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाउन माग गरिएको महासंघका उपाध्यक्ष तिलक कुँवरले जानकारी दिए । बाम नेतृत्वको सरकारले चुनावका बेला जारी गरेको घोषणा पत्र अनुसार पनि शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुटयाउनुपर्ने महासंघको माग छ । उपाध्यक्ष कँुवरले सरकारले शिक्षामा २० प्रतिशत बजेटको व्यवस्था गर्ने अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिवद्धता जनाउँदै आएको पनि स्मरण गराए ।

महासंघले तत्काल अस्थायी शिक्षकहरुलाई स्थायी गर्न आन्तरिक परिक्षा लिन पनि सरकारलाई दवाव दिएको छ । अस्थायी शिक्षकहरुलाई तत्काल परीक्षा लिएर स्थायी नबनाए मुलुकको विद्यालय तहको पठनपाठन ठप्प हुने पनि महासंघका उपाध्यक्ष कँुवरले चेतावनी दिए ।

सरकारले अस्थायी शिक्षकहरुको परीक्षा पटक पटक स्थगित गर्दै आएको छ । महासंघले माध्यामिक तहको विद्यालयलाई स्थानीय तह मातहतमा नराख्न पनि सरकारको गम्मिर ध्यानाकर्षण गराएको छ । स्थानीय तहले माध्यामिक तहको विद्यालयलाई अनुगमन गर्न नसक्ने भएकाले संघीय सरकार आफैले अनुगमन गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु परेको महासंघका उपाध्यक्ष कुँवरले स्पष्ट पारे । महासंघले शिक्षकको तलव, भत्ताको निर्धारण गर्ने काम पनि केन्द्रिय सरकारले नै गर्नुपर्ने अडान दोहोर्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप