मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘मृत्युस्थल’मा एक फोटो पत्रकार (तस्विर)

आइतबार, ०६ जेठ २०७५, १७ : ४३
आइतबार, ०६ जेठ २०७५

गाजा । गत सोमबार जब रोयटर्सका पत्रकार इब्राहिम अबु मुस्तफा गाजामा भइरहेको प्रदर्शनको रिपोर्टिङ गर्न निक्लिए, उनले बाटोमा ह्वीलचेयरमा भिडन्तस्थलतर्फ गइरहेको भेटे ।

‘आज बिहान मैले एकजनालाई ‘हाई’ भनेको थिएँ,’ उनले सम्झिए, ‘त्यो दिनको अन्त्यमा म उनको अन्तिम संस्कारमा थिएँ ।’

आफ्नो ३५ वर्षमध्ये झण्डै गाजा स्ट्रीप जस्तो सानो ठाउँलाई आफ्नो कार्यक्षेत्र बनाएका अबु मुस्तफाको जीवन र कामबीचको टकराव यस्तै छ । उनको घर । उनको पत्र ।

गाजा–इजरायल पर्खालको अर्कोतर्फ रहेको आफ्नो पुख्र्यौली घर फर्कनु पाउने अधिकार माग गर्दै गाजावासीयले गरेको ६ दिन लामो आन्दोलनबीच सोमबार गाजाको इतिहासमा सबैभन्दा रक्तरञ्जित दिन बन्न पुग्यो । त्यो दिन इजरायली गोलिबारीमा परी ५० जनाभन्दा बढी प्यालेस्टाइनी नागरिकले ज्यान गुमाए ।

‘जे भइरहेको थियो, त्यसबाट म दुःखी थिएँ । तर, सँगै आफ्नो काम पनि गरिरहेको थिएँ,’ अबु मुस्तफाले भने ।

‘मैले काम र मेरो भावनालाई अलग गर्नुपर्छ,’ उनले भने, ‘आज म एउटा घटना कभर गर्छु । भोलि फेरि त्यस्तै घटना कभर गर्छु । त्यसैले घटिरहेको घटना र परिस्थितिलाई सहन आफ्नो मस्तिष्कलाई त्यही तरिकाले विकास गरेको छु ।’

गाजामा नियमित रुपमा घटिरहने एउटै प्रकृतिको घटनाको चक्रले उनको पक्षमा काम गरेको छ । वर्षौंको सुक्ष्म अध्ययनबाट उनले के हुनेछ, कहाँ हुनेछ र कह बस्दा आफूलाई हानी नपुर्याई खतरनाक घटनालाई कैद गर्न सकिन्छ भन्ने उनले पूर्वानुमान लगाउन सक्छन् ।

‘टियर ग्यास आउनेबित्तिकै तपाईंलाई थाहा हुन्छ कि अब प्रदर्शनकारीले प्रतिक्रिया जनाउनेछन्,’ उनले भने, ‘यतिबेला उनीहरु म पट्टी फर्कन्छन् र, त्यसबाट आउने ग्याँसको निश्चित आकार हुन्छ र बलिरहेको टायरको धुँवासँग मिलेर कालो र सेतोको मिश्रणले तस्विरलाई शक्तिशाली बनाउँछ ।’

‘म यो ठाउँलाई मृत्युस्थल भन्छु, यहाँ मृत्यु छ, यो आराम गर्ने ठाउँ होइन, कुनै पनि सेकेण्ड यहाँ कोही मर्न सक्छ,’ उनले भने । 

रोयटर्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप