शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सैनिक महाविद्यालयभित्रको विवादः कुटपिट गर्ने छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

आइतबार, ०६ जेठ २०७५, १६ : ५५
आइतबार, ०६ जेठ २०७५

चितवन– यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।  आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका–१० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । लामिछानेले जाहेरी दिएपछि त्यही कक्षा ९ मा अध्ययनरत १४ र १५ वर्षीय दुई किशोरविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती बालकलाई नियन्त्रणमा लिएर जिल्ला अदालत चितवनमा पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । दश वर्षभन्दा माथिका बालबालिकाले गर्ने बालबिज्याई विरुद्धमा मुद्दा लाग्ने गर्दछ । दश वर्षमुनिका बालबालिकाको विरुद्धमा भने उनीहरु मानसिक रुपमा अपराध गर्न नसक्ने भन्दै मुद्दा लाग्दैन । तीन बालकलाई हिरासतमा नराखी संरक्षणमा राखेर अनुसन्धान गरिएको उनले बताए । 

पीडित बालकका तर्फबाट दिइएको किटानी जाहेरीमा छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको, आँखा मुनिको हड्डी भाँचिएको उल्लेख छ । घाँटीमा हातले थिच्दा नीलडाम परेको छ भने दुवै आँखामा रगत जमेको जनाइएको छ ।

हाल ती बालकको काठमाडौँमा उपचार भइरहेको छ । ती बालकलाई शौचालयमा गएका बेला तीन जना मिलेर घाँटी अँठ्याई भित्तो र धारोमा ठोकेको परिवारले जनाएको छ । बालक चिच्याएर पाले आएपछि उनीहरु भागेको घाइते बालकले बताएका छन् । यही वैशाख २९ गते बिहान ३ बजे यो घटना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप