शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसपी श्रेष्ठकाे सक्रियतामा मकवानपुरका अवैध क्रसर उद्योग बन्द

आइतबार, ०६ जेठ २०७५, १६ : ५०
आइतबार, ०६ जेठ २०७५

हेटाै‌‌डा-नवीकरण नभएपनि संचालनमा रहेका मकवानपुरका क्रसर उद्योगहरु प्रहरीको प्रयासमा बन्द गरिएको छ । नवीकरणनै नभई संचालनमा रहेका जिल्लाका क्रसर उद्योगहरु मकवानपुरमा भर्खरै अाएका प्रहरी उपरिक्षक लाकेन्द्र श्रेष्टको सक्रियतामा बन्द गरिएको हो । 

कुनैपनि उद्योग, कलकारखाना नबिकरण गरेर मात्र संचालन गर्नुपर्ने नियम छ ।  तर नवीकरण बिनानै क्रसर उद्योगहरु संचालनमा रहेको र विद्युतकाे रकम समेत नतिरेको पाइएकाले बन्द गरिएको मकवानपुरका प्रहरी उपरिक्षक लाकेन्द्र श्रेष्ठले बताए । 

सबै क्रसर उद्योगमा प्रहरी खटाएर क्रसर उद्योगका कागजातहरु ल्याउनका लागि निर्देशन दिइएको बताउँदै प्रहरी उपरिक्षक श्रेष्ठले भने,'गैरकानुनी ढंगले क्रसर उद्योगहरु संचालन गर्न त मिलेन नि ? सबैको जनगुनासो आएकाले क्रसर उद्योगमा प्रहरी खटाएर नवीकरण गरेर मात्र चलाउनका लागि निर्देशन दिइएको छ । एक हप्ता भित्रमा सबै क्रसर उद्योगका कागजपत्र समेत ल्याउनका लागि भनिएको छ ।’

अवैधानिक ढंगले क्रसर उद्योग संचालन गर्ने र बिद्युतको महसुल समेत नतिरेको पाइएकाले प्राधिकरणसंग र स्थानीय तहसंगको सहकार्यमा क्रसर उद्योग बन्द गरिएको प्रहरी उनले बताए । 
क्रसर उद्योगको मापदण्ड, अरु सबै कागजातहरु लिएर आउनका लागि क्रसरलाई निर्देशन दिइएको छ । नबिकरण बिनाका क्रसर उद्योगहरु बन्द गरेसंगै अरु तीन वटा बालुवा उत्पादन गर्ने उद्योग पनि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झाले बताए। 

हेटौंडा १४ मयुरधाप, हेटौंडा १६ हटिया र बकैयाको हात्तिसुढेमा रहेको बालुवा उत्पादन गर्ने फिरफिरे उद्योग पनि बन्द गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप