शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी व्यवस्थापनका लागि अझै केही समय लाग्छः मन्त्री पण्डित

आइतबार, ०६ जेठ २०७५, १६ : १०
आइतबार, ०६ जेठ २०७५

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी व्यवस्थापनको काममा अझै केही समय लाग्ने बताएका छन् ।  मन्त्री यादवले केही अप्ठयारो भएकाले पनि कर्मचारी व्यवस्थापनको काममा अझै केही समय लाग्ने अवस्था रहेको स्पष्ट पारे ।  

आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रतिक्रिया दिँदै उनले जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी,जनमुुखी, पारदर्शी, सहज र सरल ढंगले व्यवस्थापन हुनेगरी कर्मचारी व्यवस्थापनको काममा आफू केन्द्रीत भएको बताएका हुन् ।

मन्त्री पण्डितले कर्मचारीको व्यवस्थापनलाई सहज बनाउन आवश्यक हुनेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट आउने पनि उल्लेख गरे । उनले संवैधानिक व्यवस्था अनुसार तीनवटै तहमा कर्मचारीलाई आवश्यक जिम्मेवारी दिने काम भइरहेको पनि बताए ।

मन्त्री पण्डितले आगामी आर्थिक वर्षभित्र प्रशासनिक अन्तरिम अवस्थाको अन्त्य गर्ने घोषणा पनि गरे । उनले त्यसपछि कर्मचारी संयन्त्रको स्थायी व्यवस्थापनको काममा लाग्ने पनि स्पष्ट पारे । मन्त्री पण्डितले कर्मचारीहरुलाई निराश नहुन पनि आग्रह गरे ।

मन्त्री पण्डितले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेको उल्लेख गर्दै तीनवटै तहसँग आवश्यक समन्वय हुने गरी बजेट आउने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप