बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जीवन बचाईदिन क्यान्सर पीडित जानुकाको अपिल

आइतबार, ०६ जेठ २०७५, १६ : ०७
आइतबार, ०६ जेठ २०७५

काठमाडौं । झापा दमककी जानुका पराजुली केही समय पहिले वैदेशिक रोजगारीको सिलसिलामा हङकङ पुगिन् । घरको कमजोर आर्थिक अवस्थाले वैदेशिक रोगजारीमा जान बाध्य उनी केही समय काम गरेपछि विरामी पर्न थालिन् । अस्पताल गएपछि उनलाई थाहा भयो कि उनको मलद्धारमा क्यान्सर भइसकेको रहेछ । पहिले पायल्सको सामान्य समस्या भएपनि क्यान्सरनै हुन्छ भन्ने उनले कहिले पनि सोचिनन् । अन्तत उनी रोजगारी त्यागेर नेपाल फर्किइन् । झापा दमकको निम्न वर्गिय परिवारकी जानुकाका पिता बृद्ध छन् आमा पनि बुढेसकालले छोएकाले घरपरिवार र भाइको जिम्मेवारी उनको काँधमा छ । तर आफुनै क्यान्सरबाट पीडित हुँदा परिवारको विचल्ली भएको र आफु बाँच्न चाहेको भन्दै उनले सहयोगको अपिल गरेकी छिन् । हाल भारतको राजिवगान्धि क्यान्सर अस्पतालमा उपचाररत जानुकाको सहयोगको लागि “जानु बचाऊ अभियान”नै संचालन भएको छ । 

उनको उपचारमा भारतीय रुपियाँ २५ देखि ३० लाख (नेपाली ५० लाख) चाहिने अस्पतालले बताएको उनी बताउँछिन् ।  आफ्नो परिवारले हालसम्म १० लाख खर्च गरिसकेको र अव खर्च गर्न सक्ने सामथ्र्य परिवारमा नभएकोले सवैसँग सहयोगको अपिल गर्नुपरेको उनी बताउँछिन् । उनी भन्छिन् “म बाँच्न चाहन्छु । केहि गर्न चाहान्छु । तपाइको सानो सहयोगले मेरो जीबन बच्छ । मलाइ सहयोग गर्नुहोला । मलाइ बचाउनु होला । मेरो जीबन तपाइहरुको हातमा छ ।”

हाल उनको सहयोगकोलागि झापा हङकङ मंचले १३ लाख जति सहयोग गरिसकेको मंचकी झापा प्रतिनिधि लक्ष्मी सुव्वाले बताइन् । त्यसैगरी पीडित जानुकाको सहयोगको लागि रकम संकलन गर्न युवाहरुले सामाजिक संजालमा अभियाननै संचालन गरिरहेका छन् । जस अन्र्तगत फिल्मको च्यारीटीको आयोजना गरी रकम संकलन गरिरहेको अभियन्ता स्नेहा ढकालले बताइन् । च्यारीटीको टिकटबाट संकलित रकम जानुकाको उपचारा पठाईने उनको भनाई छ ।  

सानो सहयोगबाट कसैको जीवन बचाउँन सकिने भएकाले सवैसँग सहयोगको लागि आग्रह गरेको भैरहवाकी वर्षा खनाल वताउँछिन् । विगतमा पनि उपचार गराउन नसकेका निम्न वर्गिय क्यान्सर पीडितको लागि सहयोग गर्दै आइरहेको र जानुकाको उपचारको लागि पनि सहयोग गरेको उनी बताउँछिन् । “हामी जस्ता युवाले सहयोगको लागि तत्परता लिनुपर्छ” भन्ने भावनाले नै अभियानमा साथ दिँदै सहयोगकोलागि सवैलाई आग्रह गरेको खनालको भनाई छ । 

जानुकाको सहयोगको लागि राष्ट्रिय बाणिज्य बैकको खातामा रकम संकलन गर्न सकिनेछ । तपाईको सानो सहयोगले जानुकाले नयाँ जीवन पाउान सक्छिन् । 
राष्ट्रिय बाणिज्य बैकको खाता नम्बरः ००३८८७९५२२
सहयोगका लागि सहयोग समितिमा सम्पर्क गर्न सक्नु हुन्छ ।
जानुका पराजुली बचाउँ अभियान ९८५१२१४१४४ र ९८६१७८९३७७

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप