शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कान्छी बन्ने तयारीमा रहेकी श्वेता लिम्बुनी रुपमा

सोमबार, २६ असार २०७४, १७ : १०
सोमबार, २६ असार २०७४

काठमाडौं –अभिनेत्री तथा निर्मात्री श्वेता खड्का ‘लिम्बुनी रुप’मा देखिएकी छन् । उनले लिम्बु समुदायका युवती माझ लोकप्रिय गर–गहना शिरफूल, कन्ठ, चेप्टेसुन तथा ढाका सारी जस्ता पहिरन लगाएकी छन् ।


श्वेताले आफ्नो लिम्बुनी रुपको तस्बिर फेसबुकबाट शेयर गरेकी छन् । तस्बिरमा श्वेताको सुन्दरता निकै खुलेको छ, भने उनी चिटिक्क देखिएकी छन् ।


पती श्रीकृष्ण श्रेष्ठको निधन पछि कुनै पनि चलचित्र अभिनय नगरेकी उनी अहिले ‘कान्छी’ निर्माण अभिनय तयारी गरिरहेकी छन् । चलचित्रमा उनको दयाहाङ राइसँग रोमान्स रहने छ । 


श्वेता यसरी पहिलो पटक लिम्बुको कल्चर पहिरनमा सजिएकी हुन् । उनको यो सजावट चलचित्र वा म्युजिक भिडियो अभिनयका लागि भने नभएको बुभmिएको छ । उनले यो तस्बिर एक रेमिट संस्थाका लागि फोटोसुट गराएको बुझिएको छ । यो संस्थाले श्वेता फाउन्डसनले गर्ने  सामाजिक कार्यका लागि सहयोग गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप