राष्ट्रपति भण्डारीले भोलि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सरकारको आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । संघीय संसद अन्र्तगत प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई राष्ट्रपतिले दिउसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले रातोपाटीलाई जानकारी दिए ।
राष्ट्रपति कार्यालय शितल निवासबाट उनी सवारी टोलीसहित संसद भवन नयाँ बानेश्वर जानेछिन् । नयाँ बानेश्वरमा उनलाई दुबै सदनका सभामुख, कानुनमन्त्री, संघीय संसदका महासचिव लगायतले स्वागत गर्नेछन् ।
संयुक्त संसद बैठकमा राष्ट्रिय सभा र प्रतिनिधी सभाका सभामुख सँगै बस्नेछन् भने प्रतिनिधी सभाका अध्यक्षले कार्यक्रम सञ्चालन गर्नेछन् ।
सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गर्नेछिन् । नीति तथा कार्यक्रमको प्रस्तुती सकिएपछि राष्ट्रपतिलाई विदाई गरिने छ ।
उनलाई बिदाई गरेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्नेछ र राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको अनुमोदन गर्ने कार्यतालिका रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना