शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुजरातको धार्मिक कार्यक्रममा यसरी गरियो पैसाको वर्षा

आइतबार, ०६ जेठ २०७५, १५ : २८
आइतबार, ०६ जेठ २०७५

गुजरात– भारतको गुजरातमा हुने धार्मिक कार्यक्रमहरुमा भक्तहरुले पैसा बाँड्ने र उडाउने पूरानै परम्परा हो । 

 यही श्रृङ्खलामा गुजरातको वलसाडमा भएको एक धार्मिक कार्यक्रममा पनि देखियो । कार्यक्रममा स्थानीय गायकले भजन गाइरहँदा पैसाको बर्षा गरियो । 

गायकमाथि नोट उडाइएको यो घटनाको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । भिडियोमा भक्तहरुले गायकमाथि १००, २०० र ५०० भारुका नोट उडाइरहको देखिन्छ ।

भिडियोको अतिरिक्त कार्यक्रमको केही तस्विरहरु पनि सार्बजनिक भएको छ, जसमा भक्तहरु गायकहरुमाथि २०० भारुको नयाँ नोट बर्साइरहेका देखिन्छन् । यसरी बर्साइएको पैसा गायकसँग बसिरहेको एक मानिस टिपेर गनिरहेको देखिन्छ ।

न्यूज एजेन्सी एएनआईका अनुसार भजन गायकमाथि लगभग ५० लाख भारु उडाइएको थियो ।

रिपोर्ट अनुसार यो धार्मिक कार्यक्रम वलसाडको कलवाडा गाँउका प्रमुख आशीष पटेलले एक ट्रस्टको लागि पैसा जम्मा गर्नको लागि आयोजना गरेका थिए । समाचार अनुसार उक्त ट्रस्टले गाँउमा एम्बुलेन्स सेवा उपलब्ध गराउने काम गर्छ । गायकहरुमाथि उडाइएको पैसा यही ट्रस्टको मद्यतको लागि दिइने बताइएको छ ।

सन् २०१६ मा गुजरातको एक गायक माथि यस्तै पैसा उडाइएको समाचार बाहिर आएको थियो । त्यो समय गायकमाथि ४.५ करोड भारु उडाइएको दाबी बाहिर आएको थियो । यो भन्दा अघि नोटबन्दीको समयमा एक भजन गायकमाथि ४० लाख भारु उडाइएको घटना बाहिर आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप