शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किसानका लागि पेन्सन उपलब्ध गराउने तयारी गर्दै सरकार

आइतबार, ०६ जेठ २०७५, १५ : १५
आइतबार, ०६ जेठ २०७५

काठमाडौं– सरकारले किसानलाई पेन्सन उपलब्ध गराउने तयारी गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले अब किसानका लागि पेन्सन उपलव्ध गराउने तयारीमा सरकारका लागेको जानकारी दिएका हुन् ।  आईतबार सबै प्रदेशका कृषि मन्त्रीहरुसँग काठमाडौंमा सामूहिक भेटगरी उनले पीछडिएका कृषकहरुलाई माथि उठाउन यस्तो योजना ल्यान लागिएको जानकारी दिए । 

मन्त्री खनालले सरकारले किसानलाई पेन्सन उपलब्ध गराउन आवश्यक मापदण्ड तोक्ने विषयलाई प्राथमिकता दिएको र  कृषकको वैज्ञानिक वर्गीकरणको कामलाई अघि बढाएर उनीरुलाई परिचयपत्र उपलब्ध गराउने तयारी गरिरहेको खुलासा गरे ।  कृषकको वैज्ञानिक वर्गीकरणपछि पेन्सनको व्यवस्था गर्न लागिएको मन्त्री खनालले जानकारी दिए  । 

त्यस्तै, सरकारले सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिए । प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्नेगरी बजेटको व्यवस्था गर्न लागिएको उनले बताए ।    उनले मुलुकमा कृषि क्षेत्रमा आत्मनिर्भर बन्न पनि सबै प्रदेशमा कृषिलाई व्यवसायिकीकरण गरेर जानुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

उनले प्रदेश र स्थानीय सरकारमाथि हस्तक्षेप नहुने गरी बजेटको व्यवस्था गर्न लागिएको पनि बताए । बजेट सम्बन्धित क्षेत्रमा लगानी भए, नभएको कडा अनुगमन गर्न पनि प्रदेशका कृषिमन्त्रीहरुको ध्यानाकर्षण गराउनु परेको मन्त्री खनालको भनाई छ । उनले बजेट कार्यान्वयनका लागि केन्द्र सरकारले प्रदेश सरकारसँग सहजीकरण गर्ने योजना पनि अघि सारे ।

नमूना कानुन लगायतका आवश्यक व्यवस्था गरेर प्रदेश सरकारको कामलाई सहज बनाउने काममा संघीय सरकार लागि पर्ने मन्त्री खनालले बताए । मन्त्री खनालले साना किसानलाई सोझै अनुदान पाउने व्यवस्था हुनेगरी कार्यविधि बनाउन लागिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप