शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संगठन विस्तार गर्न जनमोर्चाले एक महिने कार्यक्रम गर्ने

आइतबार, ०६ जेठ २०७५, १५ : ०१
आइतबार, ०६ जेठ २०७५

काठमाडौं–राष्ट्रिय जनमोर्चाले देशव्यापी संगठन विस्तार गर्ने भएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संगठन विस्तारका लागि आगामी असार १ गतेदेखि साउन मसान्तसम्म गर्ने देशव्यापी कार्यक्रम तय गरेको बताए । 

जसका लागि कार्यकारी अध्यक्ष रश्मीराज नेपाली संयोजक रहेको केन्द्रीय प्रचार समिति गठन गरेको अध्यक्ष केसीले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रचार समितिमा दुर्गा पौडेल, जनकराज शर्मा, हिमलाल पुरी, मनोज भट्ट, बासुदेव पोख्रेल र मिना पुन रहेका छन् ।

जनमोर्चाले एउटा जिल्लामा कम्तिमा एउटा सभाको कार्यक्रम र कुनै जिल्लामा दुई/तीन ठाउँमा समेत सभा वा पत्रकार सम्मेलन गर्नेछ ।   त्यस्तै जनमोर्चाले हालै भएको पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप