शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी जासूसी संस्थालाई सूचना चुहाएको आरोपमा भारतीय पूर्व कुटनीतिज्ञलाई ३ वर्षको जेल

आइतबार, ०६ जेठ २०७५, १३ : ५७
आइतबार, ०६ जेठ २०७५

नयाँदिल्ली–पाकिस्थानस्थित इण्डियन हाई कमिसनमा काम गरेकी भारतीय पूर्व कुटनितिज्ञ माधुरी गुप्तालाई शनिबार तीन वर्षको जेल सजाय सुनाइएको छ । 

 उनलाई हाई कमिनमा रहँदा पाकिस्तानको जासुसी संस्था आइएसआईलाई संवेदनशील सूचना दिएको आरोपमा सो सजाय दिइएको हो । 

उनको कार्यले ‘ठूलो सुरक्षा खतरा’ निम्त्याएको भन्दै अतिरिक्त सेशन न्यायाधीश सिद्धार्थ शर्माले माधुरीलाई यस अपराधको लागि दिइने अधिकत्तम सजाय सुनाएका हुन् । 

माधुरीलाई जासुसी र कानुनी रुप सुरक्षीत गर्नुपर्ने सुचना गलत मान्छे वा सस्थालाई दिएको आरोप लगाइएको थियो । 

माधुरीले आफूलाई दिइएको सजाय कम गर्न माग गरेकी थिइन् । यस मागलाई न्यायाधीसले उनी जस्तो शिक्षित मानिसलाई सजाय कम गर्न नसकिने भनेर अस्वीकार गरे । 

माधुरीले आफू जेष्ठ नागरिक भएको, एकल महिला रहेको र परिस्थीतिको फन्दामा परेको कारण देखाएर सजाय कम गर्न माग गरेकी थिइन् ।

सजाय दिइसकेपछि भने अदालतले उनलाई सजाय कम गर्न अपिल गर्न सक्ने अधिकार प्रदान गरेको छ ।

६१ वर्षे गुप्ता सन् २००७ देखि सन् २०१० अप्रिल २२ मा पक्राउ नपरेसम्म इस्लामाबादमा रहेको इण्डीयन हाइ कमिसनमा द्वितीय सचिव(प्रेस तथा सुचना) थिइन् । 

शुक्रबार उनलाई ‘अफिसियल सेक्रेट एक्ट’ अन्तर्गत विभिन्न प्रावधान अन्तर्गत सजाय दिइएको थियो । 

सन् २००८ देखि नै भारतीय जासुसी संयन्त्रले माधुरीले आईएसआईको लागि जासुसी गरिरहेको शंका गरेको थियो । 

सजायँ दिने क्रममा अदालतले माधुरीको नाममा किनिएको ल्यापटप, ब्लाकबेरी मोबाइल जस्ता विभिन्न विद्युतीय सामाग्रीबाट आईएसआईको सम्पर्क सुत्रहरुलाई पठाइएको इमेलहरु प्रमाण उल्लेख गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप