शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिम्बाबेका राष्ट्रपतिद्धारा निर्वाचन घोषणाको तयारी

आइतबार, ०६ जेठ २०७५, १३ : ४६
आइतबार, ०६ जेठ २०७५

एजेन्सी–जिम्बाबेका राष्ट्रपति इमर्सन मनाङग्वाले यही मे महिनाको अन्त्यतिर आम निर्वाचन घोषणा गर्ने भएका छन् । 

जिम्बाबेको संविधानअनुसार जुलाई २१ देखि अगस्ट २१ भित्रमा निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । सोही मितिमा निर्वाचन गर्नेगरी उहाँले यही मे महिनाको अन्त्यतिर निर्वाचनको घोषणा गर्ने भएका छन् । 

जिम्बाबेको संसदले गत हप्ता निर्वाचन सम्वन्धी विधेयक संशोधन सहित पारित गरेको समाचारमा जनाइएको छ । उक्त विधेयक अहिले कानुनका लागि राष्ट्रपतिसमक्ष पुगेको छ । 

विधेयकमा पहिलो पटक विद्युतीय उपकरणमार्फत नामावली दर्तागर्ने व्यवस्था उल्लेख गरिएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट्रपति मनाङग्वाले गत नोभेम्बरमा पूर्व राष्ट्रपति रोबर्ट मुगावेको बहिर्गमनपछि राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नु भएको हो । 

मुटारेमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टी अझ बलियो हुने दाबी पनि गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप