बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबार चलचित्रका दर्शकलाई ‘कोशेली’

आइतबार, ०६ जेठ २०७५, १३ : ३७
आइतबार, ०६ जेठ २०७५

काठमाडौं– गत वर्षको ७ पौषमा आउने भनिएपनि रिलिज हुन नसकेको फिल्म ‘कोशेली’ यसै साता अर्थात जेठ ११ गतेबाट रिलिज हुने भएको छ ।  प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको फिल्म मनोज खत्रीको लेखन तथा निर्देशनमा बनेको हो ।

प्राविधिक काम नसकेकोले फिल्म पौषबाट जेठमा सरेको निर्देशक खत्रीले बताए । ‘अहिलेको पुस्ताले मन पराउने समसामयिक कथालाई फिल्ममा प्रस्तुत गरेका छौं,’ उनले भने, ‘युवापुस्ताको प्रेमकथालाई प्राथमिकता दिइएकोले पनि फिल्मलाई दर्शकले मन पराउनेमा हामी ढुक्का छौं ।’

भोले बाबा फिल्मस्को ब्यानरमा निर्माण भएको ‘कोशेली’मा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ ।

अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन फिल्ममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप