शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युवाहरुलाई राष्ट्र निर्माणमा सहभागी गराउने कार्यक्रम ल्याउँदैछौः मन्त्री विश्वकर्मा

आइतबार, ०६ जेठ २०७५, १३ : २०
आइतबार, ०६ जेठ २०७५

काठमाडौं– युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले युवाहलाई राष्ट्र निर्माणमा सहभागी गराउन सरकारले आवश्यक नीति तथा कार्यक्रम तर्जुका गरिरहेको बताएका छन् । 

मन्त्री विश्वकर्माले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने राष्ट्रिय संकल्प पूरा गर्न युवाहरुलाई परिचालन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले मुलुकलाई समृद्धिका लागि मुलुकका सबै सामथ्र्य परिचालन गर्ने पनि बताए । मन्त्री विश्वकर्माले मुलुकलाई १० वर्षभित्र विकासशील राष्ट्र बनाउने लक्ष्य पूरा गर्न सरकार लागि परेको पनि स्मरण गराए ।

आईतबार काठमाडौंमा आयोजित ‘युवा कृषि उद्यम सम्मेलन’ लाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने दिशामा प्रतिबद्ध भएर अघि बढन पनि युवाहरुलाई आह्वान गरे । मन्त्री विश्वकर्माले युवाहरुलाई सक्षम बनाएर राष्ट्र निर्माणको अभियानमा अग्रसर गराउन सरकार केन्द्रीत रहेको बताए ।

उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर पनि युवाहरुको रोजगारीको अवसर सृजना गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री विश्वकर्माले सरकारले कृषि क्षेत्रलाई प्रविधि मैत्री बनाएर लैजान चाहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप