शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्ना नागरिक फिर्ता गर्न उत्तर कोरियाको आग्रह

आइतबार, ०६ जेठ २०७५, १२ : ५०
आइतबार, ०६ जेठ २०७५

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामा रहेका भनिएका आफ्नो देशका महिलालाई स्वदेश फिर्ता गर्न माग गरेको छ ।  करिब दुई वर्षअघि आफ्नो देशका ती नागरिकलाई दक्षिण कोरियाका गुप्तचर अधिकारीहरुले अपहरण गरेर लगेको बताएका उत्तर कोरियाको भनाई छ । 

ती महिलालाई मुक्त गरी स्वदेश फिर्ता गर्न उत्तर कोरिया सरकारले माग गरेको उत्तर कोरियास्थित रेडक्रस सोसाइटीका प्रमुखलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी समाचार समिति केसिएनएले जनाएको छ । 

ती महिलालाई दक्षिण कोरिया विरोधी क्रियाकलापमा लागेको भनेर अपहरण गरिएको थियो । उनीहरुलाई उत्तर कोरियाबाट नभएर उनीहरु कार्यरत रहेको अर्कै देशबाट अपहरण गरेर त्यहाँ ल्याइएको थियो । 

उक्त अपहरणको उत्तर कोरियाले सो समयमै विरोध गरेको थियो । उनीहरुलाई तुरुन्त रिहा गरेर पछिल्लो समयमा विकसित शान्ति र सौहार्द वातावरणको सम्मान गर्न उत्तरले आग्रह गरेको हो । 

सैन्य अभ्यास रोक्न पुनः आग्रह 

यसैगरी उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न फेरि पनि आग्रह गरेको अर्को एक समाचारमा जनाइएको छ । 

सोही सैन्य अभ्यास सोलमा जारी रहेको भन्दै उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बुधबार बस्ने भनिएको बैठकसमेत उत्तर कोरियाले रोकेको थियो । 

सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास जारी छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ । उक्त सैन्य अभ्यास रोक्न उत्तर कोरियाले बिहीबार पनि आग्रह गरेको थियो । 

दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ । 

दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास सुरु भएको समाचार पछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ । 

सो सैनिक अभ्यासले दुई कोरियाबीच गएको अप्रिल २७ मा भएको शान्ति सम्झौताको पनि उल्लंघन गरेको उत्तर कोरियाको भनाइ छ । 

गत बिहीबार गरेको आग्रहमा उत्तर कोरियाले उक्त सैनिक अभ्यास तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी दिएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । अमेरिका र उत्तर कोरिया सो वार्ताका लागि तयारीमा रहेको बताइरहेका छन् । 


शान्ति सम्झौताको पालना गर्न माग 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार उत्तर कोरियाले दक्षिण कोरियासँग केही हप्ता अघि भएको समझदारी र शान्ति सम्झौताको पालना गर्न पनि आग्रह गरेको छ । 

गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक वार्ता र शान्ति सम्झौता भएको थियो । 

उक्त शान्ति सम्झौताको कार्यान्वयनका लागि आपूmले त्यसै बमोजिमको काम गरिरहेको भए पनि दक्षिण कोरियाका तर्फबाट भने त्यसको पालना हुन नसकेको उसको आरोप छ । 

उत्तर कोरियाले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुआत गरिसकेको जनाएको छ । उत्तरले आपूmले आणविक अस्त्र उत्पादन र परीक्षणको काम पनि स्थगित गरेको जनाएको छ । 

सोलमा जारी रहेको सैन्य अभ्यासको विषयलाई लिएर उत्तर कोरियाले दक्षिणलाई गम्भीर प्रश्न गरिरहेको छ । 

आफूहरुले आणविक परीक्षणस्थल भत्काउने, आणविक अस्त्रको उत्पादन रोक्ने तथा आफ्नो जेलमा रहेका अमेरिकी र दक्षिण कोरियाली अधिकारीलाई पनि रिहा गरिरहेको तर दक्षिणले भने केही नगरेको उत्तरको आरोप छ । 

उत्तर कोरियाले भने दक्षिणले सोलमा जारी राखेको सो सैन्य अभ्यासबाट गएको अप्रिल २७ मा दुई कोरियाबीच भएको सम्झौताको उल्लंघन भएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप