बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको पुरानो अन्तर्वार्ताः डायनासँग सम्बन्ध चाहन्थे तर एड्स लाग्ला भन्ने डर थियो

आइतबार, ०६ जेठ २०७५, १२ : ४१
आइतबार, ०६ जेठ २०७५

राजकुमार ह्यारी र अमेरिकी नायिका मेगन मर्केलको विवाहको चर्चा चलिरहेका बेला एक पटक पुनः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक विवादित बयान पुनः चर्चामा छाएको छ । उक्त बयान अमेरिकी राष्ट्रपतिले सन् १९९७ मा डायनाको मृत्यु भएको केही महिनापछि दिएका थिए ।

उनले एक रेडियो च्यानलसँग भनेका थिए, ‘म डायनासँग ‘सुत्थें’ तर त्यसअघि म उनको एचआइभी परिक्षण गराउँथे ।’

डायनामाथि गरिएको उक्त विवादास्पद बयानलाई ट्रम्पले पुनः सन् २००० मा दोहोराए । उनले त्यतिबेला भने, ‘मैले त्यसो भन्नुको अर्थ उनी सुन्दर छिन् भन्न खोजेको हो । मैले उनलाई थुप्रै पटक देखेको छु । मलाई थाहा छ, उनी अत्यधिक राम्री छिन् । उनीसँग सबैकुरा थियो ।’

ट्रम्पले आफ्नो अन्तर्वार्तामा शीर्ष १० सेक्सी महिलाबारे कुरा गरिरहे । यसमा उनले लेडी डायनालाई तेस्रो स्थानमा राखेका थिए । दोस्रो स्थान उनले आफ्नी पूर्व श्रीमती इवानालाई दिएकी थिइन् । यस्तै, पहिलो स्थानमा उनकी श्रीमती मेलेनियालाई राखेका थिए । उक्त अन्तर्वार्तामा उनले एन्जेलिना जोलीको ओठ निकै ठूलो भएको बताउँदै अचम्मको कमेन्ट गरेका थिए ।

यसअघि ट्रम्पको अर्को अन्तर्वार्ता पनि भाइरल भएको थियो जसमा उनले आफूलाई सेक्स रोगविरुद्ध लड्ने सैनिक बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप