शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनको मड्रिडमा नेपाली दूताबासले सेवा दिएपछि पोर्चुगलका नेपालीलाई सहज

आइतबार, ०६ जेठ २०७५, १२ : २६
आइतबार, ०६ जेठ २०७५

कृष्ण पौडेल,पोर्चुगल – मैड्रिड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ । 
पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने बाध्यता थियो । तर, स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सेवा सुरु गरेपछि सजिलो भएको हो । 
मैड्रिड स्थित नेपाली दुतावास स्पेनले कार्यालय स्थापना गरी गत बैशाख १९ गतेदेखि  पासपोर्ट बनाउने लगायतका सेवा दिन सुरु गरेको हो ।
मेड्रीडमा नेपाली दुतावासले आफ्ना कर्मचारी बाहेक कागजबिहीन पासपोर्ट बनाउन आएकी पीडित महिला झरना थापा मगरलाई रिवन काट्न लगाएर सेवा शुरु गरेको थियो ।  
नेपाली दुतावास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा प्रदान गर्नेछ ।
यसैवीच स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझीले  कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप