बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीमा गत वर्ष भन्दा यो वर्ष तरलता समस्या बढी

आइतबार, ०६ जेठ २०७५, १२ : २०
आइतबार, ०६ जेठ २०७५

काठमाडौं– बैंकिङ प्रणालीमा गत वर्ष भन्दा यो वर्ष तरलता समस्या बढी देखिएको छ ।
 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको (२०७४/७५) नौ महिनामा झण्डै ९९ अर्ब रुपैयाँ  तरलता (लगानी योग्य रकम) बैंक तथा वित्तीय संस्थामा पठाएको छ ।  

केन्द्रिय बैंक गत वर्षको यसै अवधिको तुलनामा  ३७ अर्ब ९१ करोड रुपैयाँले बढी तरलता प्रवाह गरेको हो । 

बैकले ९८ अर्ब ९१ करोड तरलता बजारमा पठाएको हो । बैंकले ब्याजदर करिडोर अन्र्तगत १४ दिने रिपो बोलकबोल मार्फत   ६१ अर्ब ६२ करोड र सोझै खरिद बोलकबोल मार्फत ३७ अर्ब ९ करोड रुपैयाँ गरी ९८ अर्ब ९१ करोड रुपैयाँ बजारमा पठाएको हो ।  गत वर्ष ६१ अर्ब तरलता प्रवाह भएको थियो ।

बैंकहरुले तरलता अभाव देखाउँदै ऋण दिन कम गरेका थिए । अझै पनि बैंकहरु ठुला ऋण दिन आनाकानी गर्छन् । यसको  मतलब बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव छ भन्ने पुष्टि हुन्छ ।  
बैंक तथा वित्तिय संस्थाले २९ अर्ब ८६ करोड बराबरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् । 

 गत वर्ष ६१ करोड ६४ अर्ब रुपैयाँ बराबरको सुविधा उपभोग गरेको थिए । राष्ट्र बैंकले प्रकाशित गरेको नौ महिने तथ्यांकमा  बैंक तथा वित्तिय संस्थाबाट १ अर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता उठाएको देखिएको छ । निक्षेप संकलनमार्फत ४२ अर्ब  ३५ करोड, १४ दिने निक्षेप संकलनमार्फत ३ अर्ब १५ करोड र  रिभर्स रिपो मार्फत ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन गरेको हो । 

गत वर्षको यसै अवधिमा  १ खर्ब १ अर्ब १० करोड रुपैयाँ  तरलता बजारबाट राष्ट्र बैंकले खिचेको थियो  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप