डेढ दर्जन मोडल एउटै र्याम्पमा, ३५ तस्बिरमा हेर्नुहोस्
काठमाडौं – दरबारमार्ग स्थित अन्नपूर्ण होटल शुक्रबार साँझ फेसनमय देखियो । १८ जना मोडलहरु बिभिन्न आकर्षक पहिरन सहित र्याम्पमा देखिँदा उनीहरुसाग दर्शक समेत झुम्मिए ।
‘एन्जल अन द फ्लोर’ नाम दिइएको फेशन शोमा गर्मी तथा वर्षालाई मध्य नजर गरेर तयार पारिएका तथा समर फेशन समेत प्रस्तुत गरिएको थियो । हेर्दा आकर्षक, लगाउान सजिलो र कलात्मक खालका नयाा
फेसनका डिजाइनहरु ऱ्याम्प मार्फत सार्वजनिक गरिएको फेसन सोका आयोजक एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठ बताइन् ।
सााझ ६ बजेबाट सुरु भएर ९ बजेसम्म चलेको सोमा मनिषाज कलेक्सन, एस आर कलेक्सन, ओचु जिन्स, एलेक्सी फेसन लगायतले तयार गरेका आकर्षक र नौला डिजाइनका र्याम्पमा प्रस्तुत गरिएको थियो ।
कुसुम तामाङ, दिव्य थापा, प्रियंका, श्वेच्छा, कविता, दावा, मन्दिरा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टी, सिमा लगायत १८ मोडलले सोमा आधा दजर्न बढी सिक्वेलमा फेसन प्रदर्शन गरेका थिए ।
अभिनेता शुशिल सिटौला र अभिनेत्री मोडल शुभेच्छा खड्का सो टपरको रुपमा प्रस्तुत भएको फेसन सोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
सोमा एलेक्सी फेसन खिचापोखरीले तयार पारेका केही डिजाइन पनि प्रस्तुत गरिएको थियो । यो वर्षको गर्मीका लागि आफुले बजारमा ल्याउन तयार पारेको नयाा डिजाईन समेत सोमा प्रस्तुत गरेको एलेक्सी फेसन खिचापोखरीकी प्रमुख गोमा बिष्टले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा