शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव सकिने वित्तिकै नेपाल बन्द

सोमबार, २६ असार २०७४, १६ : ३७
सोमबार, २६ असार २०७४

काठमाडौं– दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएलगत्तै नेपाल बन्दको श्रृङखला सुरु भएको छ । निर्वाचन लगत्तै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेर बन्दको श्रृंखला सुरु गरेको हो । 


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावका बेला प्रहरीले आफ्ना सयौ नेता कार्यकर्ता गिरफ्तार गरी झुठा मुद्धा लगाएको विरोधमा असार २७ गते नेपाल बन्द आव्हान गरेको जनाएको छ ।

सो पार्टीेका प्रवक्ता प्रकाण्डले  जारी गरेको विज्ञप्तिमा देउवा सरकारको जनार्दन गृहप्रशासनले कथित स्थानीय निर्वाचनको बहानामा पक्राउ गरेका आफ्ना पार्टीका नेता कार्यकर्तालाई गैर कानुनी थुनछेक र भुठा मुद्धामा फसाउने पडयन्त्र गरेको आरोप लगाइएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप