शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऋषि धमला पत्नी एलिजा बोल्ड अवतारमा

आइतबार, ०६ जेठ २०७५, १० : ५१
आइतबार, ०६ जेठ २०७५

काठमाडौं – पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण अभिनय रहेको फिल्म ‘अनुराग’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यस्तो साथी’ बोलको गीतमा एलिजा र समुन्द्र पण्डितको अभिनय देख्न सकिन्छ । 
गीतमा एलिजा बोल्ड रुपमा प्रस्तुत भएकी छिन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतका शब्द सत्यराज एचआरसीको छ, भने संगीत सरोज पोखरेलले भरेका हुन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा छ ।
ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारको ‘अनुराग’मा अभिनय रहेको छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । 
ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको २५ साउनमा प्रदर्शनमा आउनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप