किङ्गफिसरको ‘गुड टाइम्स्’ नेपालमा
काठमाडौँ । एशियाकै ठूलो बियर कम्पनीहरु मध्ये एक युनाइटेड ब्रुअरीज लिमिटेडले किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग नेपाली बजारमा ल्याएको छ ।
यति ब्रुअरीसँगको सहकार्यमा उक्त ब्राण्ड नेपाल भित्रिएको हो ।
युनाइटेड ब्रुअरीज लिमिटेड हाइनिकेन एनभीसँगको संयुुक्त उद्यम हो ।
युनाइटेड ब्रुअरीजले आफ्नो विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरुको लागि नेपाली बजारमा पनि किङ्गफिसर बियर प्रस्तुत गरेको जनाएको छ ।
किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्लि तथा हप्सको प्रयोगद्वारा गरिन्छ ।
युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राममुर्तिले कार्यक्रममा भने, “किङ्गफिसर विश्वव्यापी रुपमा स्थापित भारतीय ब्राण्ड हो । किङ्गफिसरले हालै आफ्नो विस्तार योजना अनुरुप नेपालमा यति ब्रुअरीसँग सहकार्य गरी किङ्गफिसर प्रिमियम र किङ्गफिसर स्ट्रङ्गको सुरुवातसँगै आफ्नो उपस्थिति प्रस्तुत गरेको छ । यति ब्रुअरीसँगको सहकार्यले हामीलाई अझ बढी उत्साहित तुल्याएको छ र हामीलाई यो विश्वास छ कि हाम्रो “गुड टाइम्स्” को प्रतीकात्मकतालाई फलदायी बनाउने छ ।”
त्यसै गरी यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सराफले किङ्गफिसर बियरलाई नेपाली बजारमा प्रस्तुत गर्नु वियर उद्योगका लागि एक महत्वपूर्ण कोशेढुङ्गा रहेको बताए ।
नेपाल अधिराज्यभरका सम्पूर्ण विक्रीकक्षमा किङ्गफिसर प्रिमियम तथा स्ट्रङ्ग उपलब्ध रहेको छ । किङ्ग फिसर प्रिमियम ६५० एम एल को बोटलमा उपलब्ध रहेको छ र यसको मूल्य रु. २७५ रहेको छ ।
त्यसै गरी ५०० एम एल को क्यानको मूल्य रु. २१० रहेको छ । किङ्ग फिसर स्ट्रङ्ग ६५० एम एल बोटलको मूल्य रु. २३५ तथा क्यानको मूल्य रु. १८० तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल