मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आमिरको महाभारतमा, सलमान कृष्ण ?

आइतबार, ०६ जेठ २०७५, १० : ११
आइतबार, ०६ जेठ २०७५

आमिर खानको ड्रिम प्रोजेक्ट फिल्म ‘महाभारत’ मा सलमानले कृष्णको भूमिका निभाउन सक्ने भारतीय मिडियामा प्रकाशित विभिन्न रिपोर्टले बताएको छ ।

खानका नीजि श्रोतका अनुसार सलमान खान आमिर खानले बनाउन लागेको महाभारत फिल्ममा अभिनयका लागि इच्छुक छन् ।

फ्रि प्रेस जर्नल डट कम भन्छ, ‘सलमान महाभारतको आफ्नै संस्करण बनाउन चाहन्थे तर जब उनले आमिरले यसमाथि काम गरिरहेको भन्ने थाहा पाए तब उनले आफू पनि यसमा इच्छुक भएको बताए । आमिरले सलमानलाई कृष्णको भूमिका निभाउनेबारे कुरा गरिरहेका छन् ।’

फिल्ममा आमिरलाई कर्णको भूमिकामा देख्न सकिने बताइएको छ । यद्यपी, अहिले यसबारे कुनै आधिकारीक घोषणा भने भइसकेको छैन । स्रोतका अनुसार फिल्ममा द्रोपदीको भूमिकाका लागि दीपिका पादुकोण र सना शेखलाई अप्रोच गरिरहेका छन् । फिल्मको कहानी द्रोपदीको दृष्टिकोणबाट बताइनेछ ।

यस्तै, अमिताभ बच्चनले धृतराष्ट्रको भूमिका निभाउन सक्ने सम्भावना पनि देखाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप