शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ला लिगाको अन्तिम खेलमा बराबरीमा रोकियो रियल

आइतबार, ०६ जेठ २०७५, ०९ : १७
आइतबार, ०६ जेठ २०७५

म्याड्रिड । दुई गोलको अग्रता गुमाउँदै रियल म्याड्रिड ला लिगाको अन्तिम खेलमा भिल्लेरियालसँग बराबरीमा रोकिएको छ ।

खेलको पहिलो हाफमा गेराथ बेल र क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए । 

तर, खेलको ७० औँ मिनेटमा सब्टिच्युड रोजर मार्टिनेजले गोल गर्दै अग्रता आधा बनाए ।

त्यसपछि बेन्चबाटै आएका सामु कास्टिलेहोले गोल गर्दै भिल्लेरियलको पुनरागमन पूरा गरे ।

कास्टिलेहोको गोलमो रियलका फुल ब्याक मार्सेलोले गल्ती गरेका थिए । उनकै कारणले कास्टिलेहोले अफसाइड ट्रयाप बिट गर्न सफल भएका थिए ।

मे २७ मा हुने लिभरपुलविरुद्धको च्याम्पियन्स लिग फाइनल अघिको अन्तिम खेलमा रियलले आक्रामक खेलको उत्कृष्ट नमूना पेश गरे पनि रक्षापंक्तिमा कमजोरीको उदाहरण पनि प्रस्तुत गरेको थियो ।

यता, च्याम्पियन्स लिग सेमिफाइनलमा खेल्न नपाएका बेलले फाइनलका लागि भने आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।

वेल्सका अन्तर्राष्ट्रिय खेलले पहिलो गोलका उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै, चोट पछि खेलमा फर्किएका रोनाल्डोले मार्सेलोको क्रसमा गोल गरे ।

यो सिजन रियलले ला लिगामा ४४ गोल खाएको छ, जुन एथ्लेटिको म्याड्रिड र च्याम्पियन बार्सिलोनाले खाएको २० र २९ गोलभन्दा निकै कमजोर देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप