शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अब रंगमञ्चमा नै जीवन बिताउँछु : परिवर्तन

शनिबार, ०५ जेठ २०७५, १९ : ५७
शनिबार, ०५ जेठ २०७५

-राजाराम पौडेल

पोखरा । नाटक मेरो जीवनसँग जोडिएको पाटो हो  । नाटकले मलाई जीवन दियो । अब रंगमञ्चमा नै जीवन बिताउँछु । रहरको यात्राको रुपमा रहेको नाट्य क्षेत्र अब मेरो जीवनको यात्रा बनेको छ ।   

पोखराको नाट्य क्षेत्रलाई चलायमान बनाउन अभियानमा सक्रिय बन्दै दिनरात नाट्य क्षेत्रकै गतिविधिमा रमाउँदै गरेका परिवर्तन कार्कीले भनेका शब्द हुन् यि । पोखरामा सञ्चालमा आएको पोखरा थिएटरको अध्यक्ष समेत रहेका कार्की नाट्य क्षेत्रको भविष्य राम्रो भएको बताउँछन् ।

‘रंगमञ्चको भविष्य राम्रो छ, चाँदीको घेरा देख्न थालिसक्यो’ उत्साहित हुँदै उनले भने । उनले जीवनको उर्जाशील समय नाटकमा नै लगाउँदै अगाडी बढिरहेका छन् । विहान साढे पाँच बजेबाट राती झण्डै ११ बजेसम्मको समय उनले नाटकलाई नै दिएका छन् ।

नियमित नाटक मञ्चन गर्ने लक्ष्यका साथ पोखरा थिएटर सञ्चालनमा आएपछि हालसम्म १४ वटा नेपालका विभिन्न ठाउँका नाटक मञ्चन भइसके । अहिले १५ औ नाटकको रुपमा उनले निर्देशनमा डेब्यु गरेको नाटक बितेका कुरा मञ्चन भएको छ । 

यो नाटबाट उनले निर्देशकको रुपमा समेत आफ्नो भविष्य उज्वल हुने प्रशस्त सम्भावना देखाएका छन् । मण्डला थिएटरसँग १ महिनासम्म निर्देशन सम्बन्धित कार्यशालामा सहभागी हुँदाको परिणामले निर्देशकको रुपमा उनमा निखारता बढायो । 

यसमा नाट्यकर्मी राजन खतिवडाको साथले उनको यात्रालाई सहजता प्रदान ग¥यो । नाट्य क्षेत्रको बारेमा केहि ज्ञान उनले पोखरेली नाट्यकर्मी कृष्ण उदासीसँग पनि लिएका थिए । यसका अतिरिक्त यस अगाडी नै विभिन्न रेडियो नाटक र सडक नाटक निर्देशन गरी आफ्नो क्षमताको परिक्षण गरिसकेका थिए । 

पोखरा थिएटरलाई नाट्य विद्यालयको रुपमा स्थापित गर्दै नाट्य क्षेत्रमा आउन चाहने नयाँ तथा पुराना पुस्ताबिचको पुलको काम गर्ने उद्देश्य आफूहरुको रहेको उनी बताउँछन् । पोखरामा नाटक किन हेर्ने भन्ने अन्यौलता रहेको र त्यस्तो अन्यौलतालाई चिर्न सके नाटकका दर्शक बढ्ने उनको दावी छ । उनले नाटक पुलिस र प्यास तथा मौसम हराएको देशमा अभिनय गर्दै कलाकारको रुपमा दर्शकको माया जितेका थिए । 

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ५ स्थायी ठेगाना भएका उनलाई नाट्य क्षेत्रमा अगाडी बढ्न परिवारको सर्पोट राम्रो छ । २०६८ सालमा पञ्चामृत नाट्य समुहमा आवद्ध रहेर नाट्य क्षेत्रमा अगाडी बढेका उनले यो समुहमा रहेर केहि नाटक मञ्चन गरे पश्चात पोखरामा नाटकघरको आवश्यकता भएको महशुस गरे । 

अनि नाटकघर निर्माण गर्ने दृढ संकल्पका साथ उनी मैदानमा होमीए । सुरुवातमा यो अभियानमा साथ दिन्छु भन्नेहरुले विस्तारै साथ छोड्दै गएपनि दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको सहकार्य तथा साथले पोखरामा नाटकघर निर्माण गर्ने उनको संकल्पले साकार रुप लिन मद्दत पु¥यायो । 

अहिले परिर्वतन, दिल र शंकरनाथ पोखरा थिएटर मार्फत पोखराको रंगमञ्चलाई गतिशिलि बनाउन एकढिक्काका साथ अगाडी बढीरहेका छन् । उनीहरुको अभियानमा पोखरेली नाट्यप्रेमीले साथ दिँदा पोखराको नाट्य क्षेत्रमा सकारात्मक सन्देश छाएको छ । 

पोखरा थिएटरको गन्र्धव नाटकघरमा उनले निर्देशन गरेको ‘बितेका कुरा’ मञ्चन भइरहेको छ ।  रुपनारायण सिँहले लेखेको यो नाटकको परिकल्पना समेत कार्कीले गरेका छन् ।  

नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिव देखि दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना, सिम्रन पौडेलको अभिनय हेर्न पाइन्छ  ।  एक घण्टा लामो नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ । 

सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो मार्फत दर्शकले नाटक हेर्न पाउनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप