बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसिया र सिङगापुरका प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

शनिबार, ०५ जेठ २०७५, १८ : ०६
शनिबार, ०५ जेठ २०७५

क्वालालम्पुर । सिङगापुरका प्रधानमन्त्री लि हसेन लुङले मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहमदसँग शनिबार भेटवार्ता गरेका छन् ।  

लिको मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकसँग सुमधुर सम्वन्ध रहेको थियो । दुई देशको दुई पक्षीय फाइदाका लागि मिलेर काम गर्न चाहेको लिले महाथिरसँग बताएका थिए । 

दुई पक्षीय वार्ता झण्डै ३० मिनेट चलेको प्रधानमन्त्री महाथिरले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन् ।  

उनका बीचमा दुई पक्षीय सम्वन्धका साथै क्वालालम्पुरदेखि सिङगापुरसम्मको तिव्रगतिको रेलसेवाका बारेमा समेत कुराकानी भएको बताइएको छ । 

प्रधानमन्त्रीसँगको भेटवार्तापछि लिले मलेसियाका अर्का प्रभावशाली नेता अन्बार इब्राहिम र उनकी श्रीमती तथा उपप्रधानमन्त्री वान अजिज वान इस्माइलसँग पुत्राजयामा भेटवार्ता गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप