शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हाइस्कुलमा गोली चलाउँदा १० जनाको मृत्यु

शनिबार, ०५ जेठ २०७५, १८ : ०१
शनिबार, ०५ जेठ २०७५

अमेरिका । अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउँदा दश जनाको मृत्यु भएको छ । 

टेक्सास राज्यमा पर्ने हाउसटनको दक्षिण पूर्वीक्षेत्रमा रहेको सो विद्यालयमा शुक्रबार बिहान गोलीकाण्ड भएको टेक्सासका गभर्नर जर्ज अब्बोटले जानकारी दिएका छन् । 

विद्यालय नजिकै आयोजित पत्रकार सम्मेलनमा उनले घटनाका कारण अत्यन्त मर्माहित भएको बताए । 

घटनामा परी अरु दश जना घाइते भएका गभर्नर अब्बोटले पत्रकारलाई थप जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप