बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अष्टमी गुरूङ आत्महत्या प्रकरणमा अदालतको फैसलाः आरोपित निर्दोष ठहर

शनिबार, ०५ जेठ २०७५, १७ : १९
शनिबार, ०५ जेठ २०७५

-बिनोद श्रेष्ठ

युएर्इ । युएर्इमा अष्टमी गुरूङ आत्महत्या प्रकरणमा आरोपित भनिएका बंगलादेशी नागरिक साइमन काजीलार्इ  यहाँको उच्च अदालतले निर्दोष रहेको फैसला सुनाएको छ ।

बलात्कारपछि मानसिक यातना दिर्इ आत्महत्या गर्न बाध्य भएको भनि एक टिभी कार्यक्रममार्फत भिडियो सार्वजनिक भएपछि आत्महत्या रहस्यमय भएको भन्दै नेपाली दुतावास युएर्इले अदालतमा साइमन काजीविरूद्द मुद्दा दर्ता गरेको थियो । 

त्यसैको फैसलास्वरूप युएर्इ अदालतले गत  (अप्रिल २८) मा बंगलादेशी नागरिक साइमन काजी निर्दोष रहेको फैसला गरेको दुतावास आबुधावीले जनाएको छ । 

फैसला पश्चात उक्त कम्पनीले दूतावासलाई पत्र पठाएको र आफ्नो कम्पनीको कामदार निर्दोष रहेको बताएको छ ।

युएर्इको एक प्रतिष्ठित (अरेबियन गल्फ) क्लिनिङ् कम्पनी कार्यरत गोरखा आरूघाट–२ की अष्टमी गुरूङ  गत नोभेम्बर ४ मा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिर्इन् । उनको शवलार्इ १४ दिनपछि नेपाल लगि अन्तिम दाहसंस्कारको गरिएको थियो । 

तर उनले आत्महत्या गर्नुभन्दा पहिले कम्पनीकै सुपरभाईजरले बलात्कार गरेपछि आत्महत्या गरेको भिडियो मोबाइलमा रेकर्ड गराएकी भेटिएपछि घटना सार्वजनिक भएको थियो ।  

आफ्नै स्थानिय गुरूङ भाषामा रेकर्ड गराएको भिडियोमा उनले आफ्ना परिवारसँग माफी माग्दै सुपरभाइजरले आफ्नो इज्जत लुटेको बताएर  ‘म गएँ’ भन्दै अन्तिम वचन रेकर्ड गरेकी थिइन् ।

 

युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप