शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहयोग नपाएपछि मौरीपालन कृषकहरु घट्दै

शनिबार, ०५ जेठ २०७५, १७ : ०९
शनिबार, ०५ जेठ २०७५

-रामहरी श्रेष्ठ 

ओखलढुंगा । ओखलढुंगामा व्यवसायीक रुपमै मौरीपालन गर्ने कृषकहरु घट्दै गएका छन् । मौरीपालन सम्बन्धी आवश्यक ज्ञान नहुँदा व्यवसायीक मौरीपालन गर्ने किसानहरु घट्दै गएका हुन् ।  

जिल्लाको चम्पादेवी गाउँपालिकाको फेदीगुठ, रानीवन, लीखुको गाम्नाङटार, पोकली, खिजीदेम्वाको रगनी, रावादोलु, सिद्धिचरण नगरपालिकाको ठूलाछाप र मोलुङ गाउँपालिकाको कुन्तादेवीलगायतका स्थानमा हाल छिटफुट रुपमा परम्परागत रुपमा पालिएका मौरीका घारहरु देख्न सकिन्छ ।

परम्परागत काठको मुढे घार प्रयोग गरेर मौरीपालन व्यवसाय गर्ने गरिएको भएपनि आवश्यक प्राविधिक सहयोग नपाएपछि मौरीपालन व्यवसायामा मन मरेको लिखु–६ का मौरीपालक किसान मनोज पौडेलले गुनासो गरे । 

पौडेलको परिवारले विगत ५ दशकदेेिख परम्परागत काठको मुढे घारमा मौरीपालन गर्दै आएका छन । घरेलु औजार प्रयोग गरेर परम्परागत मुढे घारबाट मह काढ्दा आधाजसो मौरी घारभित्रै मर्ने गरेको रंगनीका मौरीपालक ज्ञनबहादुर रोकाको भनाई छ ।

परम्परागत मुढे घार प्रयोग गरेर मौरीपालन गर्दा जंगली जनावरले समेत दुःख दिने गरेको उनीहरुको गुनासो छ । कम लगानीमा मौरीपालन व्यवसाय गर्न सकिने र राम्रो आम्दानी हुने भए पनि प्राविधिक ज्ञान र आवश्यक तालिमको अभावमा मौरीपालक व्यवसायमा किसानहरुको आकर्षण घटेको कृषि प्राविधिकहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप