बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिपक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैनः प्रचण्ड

शनिबार, ०५ जेठ २०७५, १६ : ४६
शनिबार, ०५ जेठ २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई सुझाव दिएका छन् । 

पार्टी एकिकरणपछि शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको पहिलो संसदीय दलको एकीकृत बैठकमा अध्यक्ष प्रचण्डले ठूलो पार्टी भयौं भन्दैमा प्रतिपक्षीलाई कमजोर नठान्न सांसदहरुलाई सुझाव दिएका हुन् । 

पार्टी एकीकरणले दिएको उत्साह र ऊर्जासँगै प्रतिपक्षी दलबाट हुन सक्ने विरोध र संघर्षका चुनौती पनि उत्तिकै बढ्ने कुरा बुझ्नुपर्नेमा उनले जोड दिए ।

युद्धमा पराजित भएको सेनाले युद्धकला र त्यसको शिक्षा अझै राम्रोसँग सिक्न मेहनत गर्ने प्रसंग उल्लेख गर्दे उनले वैचारिक ढंगले प्रतिपक्षी दलले आफूहरुका कमजोरीलाई औंल्याउन अझैं मेहनत गर्ने भएकाले ठूलो पार्टीको आनन्द महसुस गरेर ढुक्क रहने अवस्था नरहेको तर्फ सर्तक रहनुपर्नेमा जोड दिए । 

उनले भने, ‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन ।’

प्रचण्डले पार्टी एकीकरणलाई राजनीतिक आन्दोलनको असाधारण परिघटनाको संज्ञा दिए । यो परिघटनालाई विश्वले नै अत्यन्तै चासोका साथ हेरिरहेको तथा जनताको अपेक्षा पनि बढाएकाले विगतमा भन्दा कयौं गुणा चुनौति र जिम्मेवारी थपिएको बोध गर्दै सबै अपेक्षा पुरा गर्ने दिशामा अग्रसर हुन पनि उनले सबैलाई आव्हान गरे । 

ठूलो उपलब्धीबाट बढी आत्मसन्तुष्टी र ओभरकन्फिडेण्टका अनुभुति देखाउने काम भए त्यो प्रत्युत्पाक हुने भन्दै उनले प्रतिपक्षीको तर्फबाट हुनसक्ने विरोधलाई सामना गर्ने क्षमता वृद्धि गर्नुपर्ने बताए । 

उनले एकीकृत पार्टीप्रति जनताको ठूलो विश्वास र आस्था रहेकाले विकासका आयोजनामा केन्द्रीत रहेर मुलुकको अर्थतन्त्रलाई असर गर्ने गरि योजना बनाउनु आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप