मिडिया सिपाहीको भूमिकामा हुनुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मिडियाले देश बनाउने सवालमा सिपाहीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
आज वीरेन्द्रनगरमा आयोजित सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभा तथा रेडियो सम्मेलनको उद्घाटन गर्दै उनले समाजलाई सभ्य, नैतिकवान र क्षमतावान बनाउन सञ्चारको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
मुख्यमन्त्री शाहीले कर्णालीमा केही रेडियो दोहोरी खेल्नेमा मात्रै सीमित रहेको उल्लेख गर्दै मिडियालाई अझै सशक्त बनाइ जनताका सवालमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।
‘प्रदेशमा ४० वटा एफएम सञ्चालनमा आएका छन्,’ उनले भने, ‘ती रेडियोलाई व्यवस्थित गरौं, नयाँ खोल्नु खासै जरुरी नै छैन ।’
मुख्यमन्त्री शाहीले ‘हाम्रो गन्तव्य समृद्ध कर्णाली बनाउने हो’ भन्दै यसका लागि सञ्चार क्षेत्रको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा छ बताए ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले हामीले आम सञ्चार प्रतिष्ठान र विज्ञापनका लागि एकद्वार नीति अवलम्बन गर्ने योजना बनाएको उल्लेख गर्दै ‘मिडियालाई बलियो बनाएर लैजान प्रदेश सरकार तयार छ,’ भने ।
मन्त्री ज्वालाले सञ्चारमाध्यमका लागि आवश्यक कानून र नीति बनाउनेमा पनि जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए