शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अन्ततः नेपाल फर्किए लोकेश

शनिबार, ०५ जेठ २०७५, १५ : ४४
शनिबार, ०५ जेठ २०७५

-बिनोद श्रेष्ठ

युएर्इ । सवारी दुर्घटना परि भारतीय नागरिकको मृत्यु भएपछि ब्लडमनिको मुद्दा खेपिरहेका झापाका लोकेश खतिवडा गत बिहीबार नेपाल फर्किएका छन् ।

नेपाली दुतावास युएर्इको विशेष पहलमा बिमा कम्पनीले ब्लडमनि बापत एक लाख दिराम करिब (२९ लाख ५० हजार) रूपैयाँ तिरि दिएपछि उनी नेपाल फर्किएका हुन् ।

गत चार महिनाअघि अदालतले मुद्दाको फैसला गरे पनि बिमा कम्पनीले पिडितको परिवारलार्इ क्षतिपुर्ति बापत (ब्लडमनी) नबुझाएसँगै लोकेश ५ बर्षदेखि नेपाल फर्कन सकेका थिएनन् ।  

बिमा कम्पनीले रकम बुझाए पनि लोकेशको युएर्इ बस्ने समय अवधि सकिएकोले अध्यागमनमा जरिवाना स्वरूप तिर्नुपर्ने ८७ हजार दिराम अर्थात करिब (२६ लाख, ६० हजार) रूपयाँ दुताबास युएर्इको पहलमा मिनाहा गरिएको थियो ।

युएर्इको एक प्रतिष्ठित कार्गो कम्पनीमा कार्यरत लोकेश ४ बर्ष पहिले गत (८ जुन २०१४) मा कम्पनीको कामको सिलसिलामा आफूले चलाएको सवारी साधन दुर्घटना परि घार्इते भएका थिए । 

उनीसँगै रहेका अर्का भारतीय नागरिकको भने मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप