शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२१ तस्बिरमा हेर्नुहोस् राजकुमार ह्यारीको बिबाह

शनिबार, ०५ जेठ २०७५, १५ : १६
शनिबार, ०५ जेठ २०७५

बेलायत- बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गरेका छन्। 

राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको वैबाहिक समारोहलाई विश्वभरीबाट चासोका साथ हेरिएको छ । 

विवाह समारोहमा एक लाख निम्तालु सहभागी भएको अनुमान गरिएको छ । यसलाई एउटा ऐतिहासिक घटनाको रुपमा लिइएको छ । 

विवाहको खुशीयालीमा देशभरी चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ । 

तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । 

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखा परेका थिए । 

अमेरिकी टेलिभिजनको टेलि श्रृखंलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप