शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्मीमा काँचो प्याज खानुका उत्कृष्ट ६ फाइदा

शनिबार, ०५ जेठ २०७५, १४ : ४१
शनिबार, ०५ जेठ २०७५

गर्मी महिनामा प्याजलाई निकै फाइदाजनक मानिन्छ । काँचो प्याजलाई दैनिक खानामा समावेश गरे यसले विभिन्न प्रकारका स्वास्थ्य समस्यालाई राहत प्रदान गर्दछ । यसमा पाइने एन्टी इन्फ्लामेटरी, एन्टी एलर्जिक र एन्टी अक्सिडेन्ट गुणले विभिन्न स्वास्थ्य समस्याबाट जोगाउँछ । गर्मीमा काँचो प्याजलाई सलादको रुपमा समावेश गर्दा थप फाइदाजनक हुन्छ ।

१. क्यान्सरसँग लड्छः

युनिभर्सिटी अफ गुएल्फका अनुसार रातो प्याजले स्तन र पेटको क्यान्सरलाई नष्ट गर्न सहयोग गर्छ । यसमा क्वेरसेटिन र एन्थोसायनिन तत्व अत्यधिक पाइने हुनाले क्यान्सरको जीवाणुलाई नष्ट गर्छ ।

२. मुटु स्वस्थ राख्छः

रातो प्याजमा पाइने फ्लेभोनोइडले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा ओर्ग्यानोसल्फर पनि अत्यधिक पाइने भएकाले मुटु रोगबाट लड्न सहयोग गर्छ । अर्जेन्टिनामा भएको एक शोधका अनसार प्याजमा पाइने ओर्ग्यानोसल्फरले हृदय रोगको समस्यालाई टाढै राख्छ । प्याजमा हुने थियोसल्फिनेट तत्वले रगतलाई प्राकृतिक रुपमा पातलो बनाएर हृदयघातबाट जोगाउँछ ।

प्याजले कोलेस्ट्रोलको स्तरलाई पनि नियन्त्रणमा राख्छ । जसका कारण मुटु स्वस्थ हुन्छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसको एक रिपोर्ट अनुसार प्याजमा पाइने फ्ल्याभोनोइड्सले मोटो व्यक्तिहरुको ‘ब्याड कोलेस्ट्रोल’ हटाउन सहयोग गर्छ ।

३. रगतमा चीनिको मात्रा घटाउँछः

प्याजमा पाइने सल्फर (एस–मिथाइलसिस्टेन) र क्वेरसेटिनले रगतमा चीनिको मात्रा कम गर्न सहयोग गर्छ । यद्यपी, प्याजलाई नियमित रुपमा मधुमेहको औषधीसँगै खाँदा मात्र यसले प्रभावकारी ढङ्गले काम गर्छ ।

४. पाचन क्रियालाई मजबुत बनाउँछः

प्याजमा पाइने इनुलिन नामको फाइबरले पाचन क्रियालाई बलियो बनाउने काम गर्छ । इनुनिलले आन्द्राका लागि आवश्यक ब्याक्टेरिया पैदा गर्दछ । यो फाइबर खाँदा यसले शरिरमा स्वस्थ ब्याक्टेरियाको स्तरलाई कायम राख्न सहयोग गर्छ ।

प्याजमा पाइने अर्को प्रकारको फाइबर – ओलिगोफ्रुक्टोसले विभिन्न प्रकारको झाडालाई निको पार्ने क्षमता राख्छ । यस्तै फाइटोकेमिकल तत्वले ग्यास्ट्रिक अल्सरको जोखिमलाई नियन्त्रणमा राख्छ ।

प्याजमा पाइने प्राकृतिक प्रिबायोटिक्सले कब्जियतमा पनि राहत दिलाउँछ । प्याजले पेट दुख्ने समस्या, पेटको किरालाई नष्ट गर्ने गर्दछ ।

५. रोग प्रतिरोधी क्षमतामा वृद्धिः

प्याजमा सेलेनियम हुन्छ जसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा पाइने मिनरलले पनि रोगबाट लड्ने क्षमता प्रदान गर्छ ।

प्याजलाई रसियामा रुघा खोकी लाग्दा औषधीको रुपमा प्रयोग गरिन्छ ।

६. निन्द्रामा सुधारः

प्याजमा प्रोबायोटिक हुन्छ जसले निन्द्रामा सुधार र तनाव कम गर्ने अनुसन्धानले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप