शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

घातक छ तपाईंका यी पाँच बानी, बनाउनेछ तपाईंलाई मानसिक रोगी

शनिबार, ०५ जेठ २०७५, १४ : २३
शनिबार, ०५ जेठ २०७५

हाम्रो केही बानीले हाम्रो दिमागलाई क्षती पुर्याइरहेको हुन्छ । जसका कारण हाम्रो स्मरणशक्ति र एकाग्रता प्रभावित हुनुका साथै हामीलाई मानसिक रोगी पनि बनाइरहेको हुन्छ । दिमाग हाम्रो शरिरको महत्वपूर्ण अंग हो किनभने यसले हाम्रो शरिर र भावनालाई नियन्त्रणमा राख्छ । यो हाम्रो शरिरको ‘स्टोरहाउस’ हो । दिमागमा स्टोर भएका सूचना, अनुभव र भावनाको मद्दतले हामी सजिलै जीवनयापन गर्न सक्छौं र अभिव्यक्त गर्न पाउँछौं । मुटुजस्तै दिमाग पनि बाँच्नका लागि महत्वपूर्ण छ किनभने दिमागबिना हाम्रो शरिर कुनै कामको छैन ।  दिमागलाई क्षती पुर्याउने हाम्रो केही बानीबारे यहाँ चर्चा गरिएको छ ।

ब्रेकफास्ट छोड्नुः

बिहानको नास्ता हाम्रो शरिर र दिमागका लागि अत्यावश्यक छ । बिहानको नास्ताले हामीलाई दिनभरी उर्जा दिन्छ र दिमागलाई दिनभरी शान्त राख्छ । समयको कमी र कामको लोडले केही मानिस बिहानको नास्ता छोड्छन् भने कतिले हतारमा थोरै खाएर निस्कन्छन् । तपाईंको ब्रेकफास्ट सधैं स्वस्थ र हेवी हुनुपर्छ ता कि दिनभरी काम गर्नका लागि ऊर्जा मिलोस् । यदि दिमागले आफ्नो आवश्यकता अनुसार भिटामिन र मिनरल्स पाएन भने दिमागको क्षमता प्रभावित हुने गर्दछ ।

चीनीको अत्यधिक सेवनः

धेरै मात्रामा चीनी खाँदा मोटोपना, मधुमेह, क्यान्सरजस्ता थुप्रै खतरनाक रोगको खतरा हुन्छ । तर तपाईंलाई अचम्म लाग्ला कि धेरै मात्रामा चीनीको सेवनले हाम्रो दिमागलाई प्रभावित बनाउँछ । वास्तवमा चीनी खाँदा रगतमा चीनीमा मात्रा बढ्ने गर्दछ जसका कारण प्रोटिन र दिमागका लागि आवश्यक पौष्टिक तत्व दिमागसम्म पुग्न पाउँदैन । यसकारण दिमागको क्षमता प्रभावित हुने गर्दछ ।

एकैपटक थुप्रै काम गर्नुः

केही मानिसहरुको एकैपटक थुप्रै काम गर्ने बानी हुन्छ । साधारण रुपमा एकैपटक धेरै काम गर्ने मानिसहरुको बानीलाई विशेषताको रुपमा मानिन्छ । तर डेली मेलको एक रिपोर्ट अनुसार एकै समयमा थुप्रै काम गर्नेहरुको दिमागको क्षमता समयसँगै प्रभावित हुने गर्दछ जसका कारण थुप्रै रोगको खतरा निम्तिने गर्दछ । वास्तवमा, एकै समयमा थुप्रै काम गर्दा ब्रेन टिश्युजमाथि दबाब पर्ने गर्दछ जसका कारण यो खुम्चिँदै जान्छ ।

मुख छोपेर सुत्दाः

मुख छोपेर सुत्दा पनि तपाईंको दिमाग कमजोर हुनसक्छ । केही मानिसहरुको राती मुख छोपेर सुत्ने बानी हुन्छ । तपाईं जब टाउको छोपेर सुत्नुहुन्छ तब तपाईंको मुख वरिपरि अक्सिजन र कार्बन डाई अक्साइड जम्मा हुने गर्दछ । कार्बन डाई अक्साइडको धेरै मात्रा फोक्सोका साथै दिमागका लागि पनि खतरनाक हुन्छ ।

आवश्यकताभन्दा धेरै खानुः

आवश्यकताभन्दा धेरै खाँदा मोटाउनुका साथै यसले दिमागमा समेत असर पुर्याउँछ । अत्यधिक खाँदा तपाईंको दिमागको धमनी कडा हुन्छ जसका कारण दिमागको क्षमता प्रभावित हुने गर्दछ । त्यसकारण आफ्नो दिनभरीको डाइटको आवश्यकता बुझ्नुहोस् र त्यसै अनुसार खानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप