शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकीकृत पार्टीपछिको संसदीय दलको बैठकमा बोले प्रचण्ड, भने के ?

शनिबार, ०५ जेठ २०७५, १३ : ५५
शनिबार, ०५ जेठ २०७५

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै  प्रचण्डल एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताएका छन् । दुई पार्टीको एकता पछि आज तत्कालीन एमाले र माओवादी केन्द्रका सांसदको संयुक्त बैठक बसेको हो । बैठकले प्रधानमन्त्र एवं नेकपा अध्यक्ष केपी ओलीलाई संसदीय दलको नेतामा चयन गरेको छ । 
उनले भने 
-दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता असाधारण रहेको छ । 

-कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि एमाले र माओवादी केन्द्रको एकताले मार्ग प्रशस्त गरेको छ । 

-दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेका छन् ।

-विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालीरहेको छ । 

-हामीहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको छ । 

-जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाक्रमका रुपमा स्थापित भएको छ ।इतिहास, नेपाली जनता र देशले दिएको जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ एकीकृत रुपमा अगाडि बढ्ने संकल्प गरेका छौँ । 

-विकास समृद्धिको यात्रालाई प्रभावकारी रुपमा अगाडि बढाउने दायित्व समेत नेपाल कम्युनिष्ट पार्टी र वर्तमान सरकारको काँधमा छ । 

-केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुन्छ । 

-ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिन्छ । 

-विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम र बजेट आउँछ । 

-नयाँ सरकार बनेको अनुभूति दिइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप