मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आईएसआईसँग मिलेको आरेपमा दोषी पाइयो भारतीय पूर्वकुटनीतिज्ञलाई

शनिबार, ०५ जेठ २०७५, १३ : ०२
शनिबार, ०५ जेठ २०७५

एजेन्सी–दिल्लीको एक अदालतले पूर्व कुटनीतिज्ञ माधुरी गुप्तालाई पाकिस्तानको खुपिया एजेन्सी आइएसआईसँग संवेदनशिल जानकारी वाड्ने र राष्ट्रिय हितका साथ सम्झौता गरेकोमा दोषी ठहराएको छ ।

उनी इस्लामाबादस्थित भारतीय उच्चायोगमा तैना थिइन् ।

न्यायधीस सिद्धार्थ शर्माले पूर्व कुटनीतिज्ञलाई सरकारी गोपनियता कानुनका विभिन्न प्रावधान अन्तर्गत दोषी ठहराएका हुन् । 

माधुरीलाई दिल्ली प्रहरीको विषेश शाखाले २२ अप्रिल २०१० मा पाकिस्तानी अधिकारीसँग संवेदनशिल सूचना साँझा गरेको तथा दुई अधिकारी मुबशर रजा राणा र जमशेदसँग सम्पर्कमा रहेको आरोपमा गिरफ्तार गरेको थियो । 
भारतीय उच्चायोगमा सेकंड सेक्रेटरी प्रेस एंड इंफॉर्मेशन रहेकी माधुरी गुप्तालाई सरकारी गोपनीयता अधिनियमको  धारा तीन र पाँच के अनुसार दोषी ठहराइएको हो । यसमा अधिकतम तीन बर्ष या जरिवाना या दुवै हुन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप