शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जब एक भोटले सरकार ढल्यो

शनिबार, ०५ जेठ २०७५, १२ : १७
शनिबार, ०५ जेठ २०७५

एजेन्सी । भारतीय सर्वोच्च अदालतले आदेश दिएको छ–कर्नाटकमा सरकार बनाउनका लागि भारतीय जनता पार्टीले शनिवार चार बजेसम्म सदनमा बहुमत पुष्टी गरोस् ।

कर्नाटक चुनावको नतिजापछि भाजपा नेता बीएस येदियुरप्पा मुख्यमन्त्री पदको सपथ लिईसकेका छन् । राज्यपाल वजूभाई वालाले सवैभन्दा बढी सीटमा जित पाएको पार्टी अर्थात् भाजपालाई सरकार बनाउने निमन्त्रण दिएका थिए ।

काँग्रेस र जेडीएसले यसको विरोध गरेका छन् किनभने उनीहरुको दावी दुई दल मिलेर सरकार बनाउन सक्ने स्थितिमा छन् ।

भारतीय राजनीतिमा यो चाखलाग्दो अवस्था पहिलो पटक चाहिँ देखिएको होइन् । भारतीय राजनीतिको इतिहासमा यस्ता घटना अरु पनि छन् ।

१९७९ : शपथको १५ दिनमै ढलेको थियो चरण सिंहको सरकार

देशमा संकटकाल लागू गरेको लगभग दुई बर्षपछि विरोधीको पक्षमा माहौल देखेपछि प्रधानमन्त्री इन्दिरा गान्धीले लोकसभा भंग गरेर चुनाव गराउने सिफारिस गरिन् ।

चुनावमा संकटकाल लागू गर्ने निर्णय काँग्रेसका लागि घातक भयो । ३० बर्षपछि केन्द्रमा कुनै गैरकाँग्रेसी सरकार गठन भयो ।

जनता पार्टी भारी बहुमतसहित सत्तामा आयो । मोरारजी देसाई प्रधानमन्त्री बने । चरण सिंह उक्त सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री बने ।

पार्टीको आन्तरिक विवादका कारण मोरारजी देसाईको सरकार ढल्यो । त्यसपछि काँग्रेस र सीपीआईको सहयोगमा चरण सिंह २८ जुलाई १९७९ मा प्रधानमन्त्रीको सपथ लिए ।

राष्ट्रपति नीलम संजीव रेड्डीले उनलाई बहुमत हासिल गर्न २० अगस्तसम्मको समय दिए । तर, एक दिन पहिलो अर्थात १० अगस्तमै इन्दिरा गान्धीले समर्थन फिर्ता लिइन् । र, चरण सिंहले फ्लोर टेस्टको सामना गर्नुअगाडि नै राजीनामा दिए ।

१९८९ : बिहारमा रथ यात्रा रोकियो, उता दिल्लीमा सरकार ढल्यो

अर्को कथा छ, १९८९ को । एक बर्ष पहिले अर्थात १९८८ मा जयप्रकाश नारायणको जन्मदिन ११ अक्टुवरको जनमोर्चा, जनता पार्टी, लोकदल र काँग्रेस एसको विलय भयो र जनता दल गठन भयो ।

वीपी सिंहलाई जनता दलका अध्यक्षमा चयन भए । उनको अगुवाईमा केही क्षेत्रीय दल एउटै झन्डाको मूनि आए र नेशनल फ्रन्टको गठन भयो ।

१९८९ मा चुनाव भयो । नेशनल फ्रन्टको राम्रो सफलता मिल्यो तर सरकार बनाउन बहुमत प्रर्याप्त थिएन ।

नेशनल फ्रन्टले भाजपा र वाम पार्टीको बाहिरबाटै समर्थन लिएर सरकार बनायो । वीपी सिंह प्रधानमन्त्री बने ।

एक बर्ष भएको थियो भाजपाको रथमा यात्रा गरेको । रथ केही राज्यबाट हुँदै विस्तार हुँदै बिहार पुगेको थियो । बिहारमा जनता दलको सरकार थियो र लालूप्रसाद यादव मुख्यमन्त्री थिए ।

उनले लालकृष्ण आडवाणीको रथको गतिमा लगाम लगाईदिए र उनलाई गिरफ्तार गरियो । फेरि भाजपाले केन्द्र सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लियो र सरकार ढल्यो ।

१९९० : राजीव गान्धीको जासुसीपछि सरकार ढल्यो

भारतीय राजनीतिक इतिहासमा अगाडिको पाना पल्टियो र बर्ष १९९० को कुरा शुरु भयो । वीपी सिंहको राजीनामापछि जनता दलका नेता चन्द्रशेखरले आफ्ना समर्थकसँगै पार्टी छाडे । र, समाजवादी जनता पार्टी गठन गरे ।

चुनाव भयो र उनको पार्टीले ६४ सीटमा जित पायो । संसदमा फ्लोर टेस्टमा काँग्रेसले सहयोग गरेपछि चन्दशेखर प्रधानमन्त्री भए ।

करिव सात महिनापछि यस्तो भयो कि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्यो ।

०२ मार्च १९९१ मा हरियाणा पुलिसका सिपाही प्रेम सिंह र राज सिंह राजीव गान्धीको निवास १० जनपथको बाहिर जासुसीको आरोपमा पक्राउ परे ।

दुवै सादा पोशाकमा थिए । गिरफ्तारीपछि उनीहरु दुवैले स्वीकार गरे कि उनीहरुलाई केही सूचना संकलनका लागि त्यहाँ पठाइएको थियो ।

यस विषयले राजनीतिमा भूकम्प पैदा गर्यो । काँग्रेसले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्यो । त्यसपछि संसदमा फ्लोर टेस्टको अवस्था आयो । फ्लोर टेस्ट हुनभन्दा अगाडि नै चन्द्रशेखरले सबैलाई चकित पार्दै १९९१ मा आफ्नो पदबाट राजीनामा दिए ।

१९९२ : जव मायावतीले कुर्सीका लागि आफै फ्लोर टेस्ट गराइन्

यह फ्लोर टेस्टको बहुतै गजवको कथा छ उत्तर प्रदेशको । बर्ष १९९२ मा मुलायम सिंह यादवले समाजवादी जनता पार्टीबाट अलग भएर समाजवादी पार्टी गठन गरे ।

एक बर्ष पछि उत्तर प्रदेशमा विवादित ढाँचा ध्वस्त गरिएको थियो । राज्यको सत्तारुढ कल्याण सिंहको सरकारलाई यस घटनापछि बर्खास्त गरियो ।

त्यसपछि चुनाव हुन थियो । समाजवादी पार्टी र मायावतीको बहुजन समाजवादी पार्टीको गठबन्धन भयो । यी दुई दल मिलेर सरकार बनाए, यद्यपी यो सरकारले आफ्नो पाँच बर्षे कार्यकाल पुरा गर्न सकेन ।

बसपाले आफ्नो समर्थन फिर्ता लियो । उत्तर प्रदेश विधानसभामा फ्लोर टेस्ट भयो र भाजपाको समर्थनमा मायावती मुख्यमन्त्री बनिन् । समाजवादी पार्टीले आफुलाई ठगिएको महसुस गर्यो र सत्ताबाट बाहिर आयो ।

१९९९ : जब एक भोटले वाजपेयी सरकार ढल्यो

बर्ष १९९८ मा लोकसभा चुनाव भएको थियो । चुनावमा कुनै पनि पार्टीलाई बहुमत मिलेन । तर, अन्नाद्रमुकको सहयोगले राष्ट्रिय जनतान्त्रिक गठबन्धनले केन्द्रमा सरकार बनायो । १३ महिनापछि अन्नद्रमुकले

आफ्नो समर्थन फिर्ता लियो । सरकार अल्पमतमा पर्यो । विपक्षीको मागका आधारमा राष्ट्रपतिले सरकारलाई आफनो बहुमत पुष्टी गर्न भने ।

संसदमा फ्लोर टेस्ट भयो । अटल विहारी वाजपेयीको सरकार एक भोटले ढल्यो । कसैलाई पनि यसको कल्पना थिएन ।

जुन एक भोटले सरकार ढलेको थियो, त्यो भोट उडिसाको मुख्यमन्त्री गिरधर गमांगको ।

गमांग त्यसबेला उडिसाको मुख्यमन्त्री र सांसद पनि थिए । उनी फ्लोर टेस्टमा भोट हाल्न विशेष विमानबाट दिल्ली आएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप