शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यो साता बजारमा भित्रिए लोकदेखि पपसम्मका यस्ता गीत

शनिबार, ०५ जेठ २०७५, ११ : १५
शनिबार, ०५ जेठ २०७५

आधुनिक, लोक, पप लगायत बिधाका दर्जन बढी नयाँ गीत संगीत यो साता पनि बजारमा भित्रिए । केही गीत संगीत युट्युव मार्फत मात्र सार्वजनिक भए भने केही कार्यक्रमको आयोजना सहित बाहिर ल्याइए । त्यसमा एक दशक देखि गीत संगीतमा क्रियासिल गायक कर्णराजदेखि नव गायिका सिवा लिम्बुसम्मको रहेका छन् । यस्ता छन् यो साता बजारमा आएका गीत संगीत ।

गायक देवराज तामाङको आवाजमा रहेको लोक पप गीत ‘भाउ खोज्ने मैया’बोलको गीत सार्वजनिक भएको छ । देवराज तामाङकै शब्द रहेको गीतमा संगीत रोशन सिंहले भरेका हुन् । आफ्नी मायालुको प्रशंसा गदै गायकले गीत गाएका छन् । गीतमा मोडल करिष्मा ढकाल, आरुषि मगर र हिमाल, सुमन र कान्छाको डान्स देख्न सकिन्छ । भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।

हाँस्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध बिच्छेद गरर चर्चामा छाएकी मिना ढकाल अभिनित ‘म हु नेपाली छोरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । भिडियो राम्रो बनेको छ । 
 


‘यस्तो माया देउकी’
गायक तथा संगीतकार ताराबीर पाण्डेले गायिका पबित्रा गुरुङसँगको सहकार्यमा नयाँ गीत ‘यस्तो माया देउकी’ल्याएका छन् । मधु न्यौपानेको शब्द तथा ताराबीर पाण्डेकै संगीत रहेको गीतमा संगीत संयोजन योगेश काजीले गरेका छन् ।

‘जता जता पिरतीको बाटो’

 

गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीन ओटा आधुनिक गीतहरु युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो । यसअघि गायक ओलीको ‘तिमीलाई देखेपछि आई लभ यु’ र ‘माछीले खाने खोलीको लेउ’ बोलका गीतहरु युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिसकिएको थियो । हालै उनले गाएको ‘जता जता पिरतीको बाटो’ बोलको गीतले पनि युट्युबमा १ करोड भ्यु बटुलेको छ । यो सँगै गायक ओली नेपाली आधुनिक गीत अन्र्तगत युट्युबमा लगातार तीन ओटै गीतमा करोड भ्यु पाउने पहिलो गायक भएका छन् । यसअघि कुनै पनि आधुनिक गायकहरुका तीन ओटै गीतहरुले लगातार करोड भ्यु पाएका थिएनन् । नेपाली आधुनिक गीतको क्षेत्रमा करोड क्लबमा ह्याट्रिक गरेर सरोज ओलीले नयाँ रेकर्ड बनाएका छन् । 

‘किन दुख मान्छौ’ 
गायिका श्रृजना गुरुङको स्वरमा ‘किन दुख मान्छौं’ बोलको गीत सार्वजनिक भएको छ । विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा श्रृजना गुरुङले मधुर स्वर दिएकी हुन् । गीतमा रिमा विश्वकर्मा र दीपक काफ्लेको अभिनय रहेको छ । पिडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । गीतमा युवराज वाईवाको निर्देशन रहेको छ । 

‘कन्फ्यूजन’ 

नायिकाबाट गायिका बनेकी सारिका घिमिरेको स्वरमा रहेको अर्को गीत ‘कन्फ्यूजन’ सार्वजनिक भएको छ । गायक ध्रव विश्कोले नायिका÷गायिकालाई कन्फ्यूजन’ त्यो दिलको डिलेट गरन भन्दै छन् गीतमा । अभिनास थापको शब्द, ध्रुव र सारिकाको स्वर रहेको गीतमा भीम विसीको कम्पोज रहेको छ । गीतको भिडियोमा चपुर हिरोज क्रियुको र केवीका खत्रीका साथै सारिका र धु्रव्रलाई फिचरिङ गरिएको छ । राज खत्रीको निर्देशन रहेको गीतको भिडियोलाई जनकराज अधिकारीको छायाँकन गरेका हुन् ।   


‘माया लाएरै हो’
गायिका विष्णु माझी र गायक सुमन परियारको आवाजमा ‘माया लाएरै हो’ गीत बजारमा आएको छ । गायिका विष्णु माझी र गायक सुमन परियारको आवाजमा रहेको गीतमा मायाका सम्वादहरुलाई मौलिक भाकाको साथमा समेटिएको छ । सुनिल केसीको शब्द तथा सुरज लामिछानेको लय सिर्जनामा गीत तयार परिएको हो । गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन् भने सम्पादन दिपक विष्टले गरेका छन् । भिडियोमा सागर थापा र लिला गिरीको अभिनय देख्न सकिन्छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् ।

‘झर्की झर्की ’
गायिका निशा जि.एमको नयाँ गीत ‘झर्की झर्की ’सार्वजनिक भएको छ । अर्जुन पोखेरलको शब्द, संगीत र एरेन्ज रहेको गीतमा आकर्षक भिडियो पनि बनाइएको छ ।
भिडियोमा अभनेता एसराज, गायिका निशा लगायतको अभिनय देख्न सकिन्छ । माइकल चन्दको निर्देशन रहेको गीतको छायाँकन ज्ञानेन्द्र शर्माले गरेका हुन् । सिलान लम्सालको सम्पादन रहेको भिडियो  बुढाशुब्बा डिजिटल प्रा.लिले सार्वजनिक गरेको हो । 

‘भाइरल भयो रे’
गायक कर्णराज गिरीको गीत ‘भाइरल भयो रे’ म्युजिक भिडियो सहित आएको छ । जसमा माला लिम्बुले मोडलिङ गरेकी छन् । गीतको मालाको अलवा नयन डिसीर  गु्रभी ब्वाइज समुहको पनि अभिनय देख्न सकिन्छ । एक दशक भन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियासिल गिरीले सांगीतिक यात्रामा संगालेको अनभव जति गीत ‘भाईरल भयो रे’मा समेटेको बताए । उनले भने ‘ मेरो अघिल्ला गति झै यो पनि दर्शकले रुचाउनेछन् ।’
माला लिम्बु र नारायण बस्नेतको शब्द, गायक गिरीकै संगीत रहेको गीत ‘भाईरल भयो रे’ माथी बनेको म्युजिक भिडियो नयन डिसीले नै निर्देशन गरेका हुन् । गायक गिरीले यस अगाडी ल्याएका ‘ह्याङ बनायौ’, ‘मरे आमा’, ‘पहलो नजर’, ‘मन भित्रको माया’ लगायतका गीतहरु दर्शक स्रोताले निकै रुचाएका थिए ।

‘शिबा’
गायिका शिबा लिम्बू ‘शिबा’ लिएर आएकी छन् । एल्बम ‘शिबा’लाई राजधानीमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा बरिष्ठ संगीतकार÷गायक गणेश रसिक र बरिष्ठ गीतकार डा. कृष्णहरि बरालले सार्वजनिक गरे । 
एल्बममा चार वटा गीत समावेश छन् । कार्यक्रममा ‘तिम्रो साथ’ बोलको गीतको भिडियो प्रिमियर गरिएको थियो । निकेश खड्काले निर्देशन गरेको सो भिडियोमा गायक रुकमान लिम्बू र गायिक सयंमले अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप