शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, ०५ जेठ २०७५, ०८ : ४७
शनिबार, ०५ जेठ २०७५

-लीलाराज दाहाल   

रोइरहे कर्णाली धेरै कुरा बिग्रन्छ 
नभए अन्न बाली धेरै कुरा बिग्रन्छ ।

भोकले बालुवा खाएका नानीलाई 
नगरी बसे गाली धेरै कुरा बिग्रन्छ ।

चरा बसाइँ सर्छन् निराशाको जङ्गल 
उजाडिए डाली धेरै कुरा बिग्रन्छ ।

धनीहरूले होइन गरिबहरूले मात्रै 
चढ्नु परे उकाली धेरै कुरा बिग्रन्छ ।

कतै जातका नाउँमा कतै धर्मका नाउँमा 
बाँडिए भने नेपाली धेरै कुरा बिग्रन्छ ।

-बागमती-११, कर्मैया, सर्लाही  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप