बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविताः बाको सपना

शनिबार, ०५ जेठ २०७५, ०८ : ४५
शनिबार, ०५ जेठ २०७५

-अभिप्राय  

तुफानी बेगले वृक्षहरूलाई चण्डी नाच नचाउँदा
परार साल हजुर बाले जतनले छाएका,
जस्तापाता उडाउलाझैँ भइरहँदा
मेग जर्गन हुन्छ
र पृथ्वीलाई आतङ्कित तुल्याउँछ
यसै बेला एउटा बीउले पालुवा हाल्छ

वसन्तका ती जटिलतालाई चिर्दै
आमाले बडो सकस पछिको शान्तिको सास फेर्दा
पहिलो पल्ट संसारलाई तिमीले 
आवाज सुनाएकी थियौ
त्यसै बेला तिम्रा बाका आखाँमा 
तिम्रा लागि सपनाले जन्मलिन्छन्

प्रथम पाइला टेक्नु अगावै
निश्चितताको घेरा तोकिँदा
लगामको घोडा भयौ
या धागोले बाँधेर उडाएको चङ्गा

कल्पनामास
सेतो एप्रोन,
स्टेथोस्कोप
र नामको अगाडि डा.

बाले तिम्रो न्वारन अगाडि ‘डाक्टर’ उपमा पहि¥याइदिए

निश्चिन्त दौडन मन लाग्दा पनि
निश्चितताको बाँध नकाटेकी 
बाँकी आज्ञाकारी छोरी तिमी

सेतो कपडालाई एप्रोनको 
आकार दिइरहँदा
स्टेथोस्कोपले झुक्किएर 
आफ्नौ धड्कन सुन्न पुगिछौ
सम्मान र चाहानाको द्वन्द्व भयानक

बाको सपनालाई साकार तुल्याउने
या आफ्नो सपनाको बिजारोपण गर्ने ?

सम्मानार्थ बाको सपनाले बाजी मा¥यो
र तिम्रो चाहना सोप्निल गर्भमै तुहिए
सन्तान सुखको अञ्जलि थमाइदिँदा
आफ्नै सुखको दागबत्ति

हो त्यसैले,
आजका तिम्रा हरेक 
प्रगति पछिको मुस्कानमा
कहीँ कतै वितृष्णा झलक्क झल्किन्छ
पूर्ण सन्तुष्टिको रट लगाउँदा पनि 
कहीँ कतै रिक्तताले गिज्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप