शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्यालय झनै शक्तिशाली

शनिबार, ०५ जेठ २०७५, ०७ : १८
शनिबार, ०५ जेठ २०७५

काठमाडौं - समृद्धिका योजना द्रुतगतिमा कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीको रुचिमा बलियो प्रशासनिक संरचना बनाउने तयारी अघि बढेको छ । जसअनुसार सरकारले प्रधानमन्त्री कार्यालय पुनर्संरचना गरी ५ सचिवको मातहतमा ११ वटा महाशाखा बनाएको छ ।

सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा थपिएका छन् ।

राजस्व अनुसन्धान, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने प्रक्रिया अघि बढेको छ । यी सबै विभागले प्रधानमन्त्री कार्यालयलाई रिर्पोट बुझाइसके पनि कानुनी प्रक्रिया पूरा गरेर मातहत ल्याउने काम भने बाँकी नै छ । 

त्यस्तै, प्रधानमन्त्रीलाई नीतिगत सुझाब दिने अध्ययन–अनुसन्धान समूह (थिङ्क ट्याङ्क) गठन गर्ने गृहकार्य पनि अघि बढिरहेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप