बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा अभद्र व्यवहार गरे के हुन्छ ?

शनिबार, ०५ जेठ २०७५, ०६ : ४९
शनिबार, ०५ जेठ २०७५

काठमाडौं - संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ । सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा भाग लिन पाउनेछैन । 

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ को नियम ३० मा रहेको चेतावनी र ३१ मा रहेको बैठक कक्षबाट निष्काशन सम्बन्धी प्रावधानमा यस्तो व्यवस्था छ ।

यसरी संसदमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले बाहिर जान आदेश दिँदा पनि नगए मर्यादापालकले बाहिर निकाल्नेछन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप